रुकुममा १४ उम्मेदवारको धरौटी जफत

काठमाण्डु टुडे २०७० मंसिर ११ गते ३:२८ मा प्रकाशित

रुकुम, ११ मंसिर–संविधानसभा सदस्य निर्वाचनमा रुकुममा १४ जना उम्मेदवारको धरौटी जफत भएको छ । एकीकृत नेकपा (माओवादी), नेपाली काँग्रेस र नेकपा (एमाले) का उम्मेदवारबाहेक सबै दलका उम्मेदवारको धरौटी जफत भएको हो ।

राष्ट्रिय जनमोर्चा, राप्रपा, राप्रपा नेपाल, नेपाल मजदुर किसान पार्टी, मङ्गोल नेसनल अर्गनाइजेसन पार्टी, नेपाल परिवार दल, नेकपा (माले)मा साम्यवादी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र सङ्घीय समाजवादी पार्टीका उम्मेदवारको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कुल सदर मतको १० प्रतिशत मत प्राप्त नगरेका उम्मेदवारको धरौटी जफत हुन्छ ।

कुल ३८ हजार ५४१ मतदाता सङ्ख्या रहेको रुकुम क्षेत्र नं. १ मा १२ दल र ४७ हजार ९२१ मतदाता सङ्ख्या रहेको क्षेत्र नं २ मा आठ दलले प्रतिस्पर्धा गरेका थिए ।

क्षेत्र नं १ मा ३० हजार ७५० मत खसेको मध्ये ३० हजार ६५ मत सदर भएको थियो । यस्तै क्षेत्र नं २ मा ४० हजार ६७२ मत खसेको मध्ये ३९ हजार ५३१ मत सदर भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us