कुनकुन पूर्वमन्त्रीको भयो जमानत जफत ?

काठमाण्डु टुडे २०७० मंसिर १० गते १७:४९ मा प्रकाशित

काठमाण्डु, १० मंसिर– ४ मंसिरमा सम्पन्न संविधानसभा निर्वाचनमा मधेसवादीसहित केही दलका उच्चतहका नेता र धेरै पूर्वमन्त्रीहरुको जमानत जफत भएको छ ।
जमानत जफत पूर्वमन्त्रीहरुमा वद्रीप्रसाद मण्डल, फोरम लोकतान्त्रिकका उपाध्यक्ष दानबहादुर चौधरी, संघीय समाजवादी पार्टीका उपाध्यक्ष मुहम्मद रिजवान अन्सारी नेपाल सद्भावना पार्टीकी अध्यक्ष सरिता गिरी, वद्रीप्रसाद न्यौपाने लगायत छन् ।

यस्तै फोरम नेपालकी कोषाध्यक्षसमेत रहेकी पूर्वमन्त्री रेणु यादव, तमलोपा उपाध्यक्ष वृषेशचन्द्र लाल, पूर्वराज्यमन्त्री करिमा बेगमको पनि जमानत जफत भएको छ ।

यसैगरी पूर्वराज्यमन्त्री सरोजकुमार यादव, राष्ट्रिय मधेस समाजवादी पार्टीका उम्मेदवार तथा पूर्वप्रहरी महानिरीक्षक प्रदीपशमशेर राणा, गत निर्वाचनमा रौतहट–१ बाट स्वतन्त्रबाट विजयी बबन सिंह यसपटक सोही क्षेत्रबाट जमानत जफत हुने गरी पराजित भए ।

तराई मधेस सद्भावना पार्टीका उपाध्यक्षद्वय तथा पूर्वराज्यमन्त्री खोभारीराय यादवले र अलाउद्धिन अन्सारी, फोरम गणतान्त्रिकका महासचिव शशिकपुर मियाँ, सद्भावना उपाध्यक्ष एव्म पूर्वराज्यमन्त्री ओमप्रकाश यादव गुलजारी, फोरम लोकतान्त्रिकका उपाध्यक्ष एवम् पूर्वमन्त्री दानबहादुर चौधरी पनि पराजित भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us