
मनिला,मङ्सिर–फिलिपिन्समा ‘सुपर टाइफुन हेयान’ नामक चक्रवातका कारण ज्यान गुमाउनेको सङ्ख्या शुक्रबार पाँच हजार दुई सय नाघेको जानकारी सरकारले दिएको छ ।
यसअघिको तथ्याङ्कमा एक हजार २०० थपिएपछि मर्नेको सङ्ख्या पाँच हजार २०९ पुगेको हो । हालसम्म पनि एक हजार ६११ व्यक्ति हराइरहेको बताइएको छ । उक्त जानकारी सरकारको विपत्ति व्यवस्थापन परिषद्का प्रवक्ता रेनाल्डो बालिडोले दिएका हुन् ।
यसअघि चक्रवातले प्रमुख रूपमा प्रभाव पारेको क्षेत्रवरपर चार हजार १५ व्यक्तिको मृत्यु भएको तथ्याङ्क सङ्कलन गरिएको थियो । रासस÷एएफपी