चीनद्वारा पहिलो चालकविहीन ‘स्टिल्थ’ युद्धक विमान परीक्षण

काठमाण्डु टुडे २०७० मंसिर ८ गते ६:३० मा प्रकाशित

बेइजिङ, मङ्सिर–चीनले पहिलोपटक सामान्यतया पत्ता लगाउन नसकिने चालकविहीन ‘स्टिल्थ’ युद्धक विमान परीक्षण गरेको छ । उक्त विमान अमेरिकी युएस बीटु जस्तै देखाइएको छ र चाइना डेलीले पत्रिकाले शुक्रबार पश्चिमीस्तरको प्रविधिको विकाशका लागि प्रशंसा गरेको छ ।
‘सार्प स्वार्ड’ नामक उक्त चालकविहीन विमानको परीक्षण उडान पछिल्लो चरण भएको बताइएको छ । यसका लागि चीनको सेनाले वर्षौँसम्म प्रयास गरिरहेको बताइएको छ । चीनको प्रतिरक्षा बजेट विश्वमा दोस्रो ठूलो रहेको छ र हरेक वर्ष यसमा दुई अङ्कको प्रतिशतले वृद्धि हुने गरेको देखिएको छ ।
यस परीक्षणले चीनलाई चालकविहीन ‘स्टिल्थ’ विमान आकाशमा पु¥याउने चौँथो मुलुक बनाएको पत्रिकाले उल्लेख गरेको छ ।
बेइजिङले आफ्नो सैनिक क्षमता निरन्तर रूपमा विकास गरिरहेको छ र सन् २०११ मा उसले पहिलो स्टिल्थ युद्धक विमान ‘जे–ट्वान्टी’ सार्वजनिक गरेको हो । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us