सम्मानित हुने बैज्ञानिकको सूची

काठमाण्डु टुडे २०७० मंसिर ८ गते २:४९ मा प्रकाशित

काठमाण्डु–नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ३४औँ प्राज्ञ सभाले विज्ञान प्रविधिको क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई सम्मान गर्ने निर्णय गरेको छ ।
नास्टका कुलपति एवम् मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको अध्यक्षतामा राष्ट्रिय योजना आयोगमा शुधक्रवार भएको उक्त सभाले विज्ञान प्रविधिका विभिन्न क्षेत्रमा योगदान पुरयाएका व्यक्तिलाई सम्मान गर्ने निर्णय गरेको हो ।
अध्यक्ष रेग्मीले विज्ञान र प्रविधिका क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्तिलाई सम्मान गर्न सकेमा मात्र समाज र राष्ट्रलाई योगदान पुग्ने बताए ।
नास्टका उपकुलपति प्राडा सुरेन्दराज काफ्लेले नास्टले आफूलाई प्राप्त सीमित साधनबाटै आफना कार्यक्रम अगाडि बढाइरहेको बताए । सो सभाले नास्टका पूर्व उपकुलपति एवम् प्राज्ञ डा दयानन्द बज्राचार्यको असामयिक निधनप्रति शोक प्रस्ताव पारित गरेकोे थियो  ।
सभाले प्राडा देवेन्द्र राज मिश्रलाई विज्ञान तथा प्रविधि प्रज्ञा पुरस्कार, प्राडा रामप्रसाद चौधरीलाई विज्ञान पुरस्कार, इन्जिनियर मृगेन्द्रबहादुर श्रेष्ठलाई प्रविधि पुरस्कारले सम्मान गर्ने भएको छ ।
यस्तै युवा विज्ञान तथा प्रविधि पुरस्कार डा विकास लाल श्रेष्ठ, डा रमामोहन पोखरेल, डा सविना श्रेष्ठ, डा रेखा गोस्वामी श्रेष्ठ र डा प्रबोध रिसाललाई प्रदान गरिने भएको छ । यस्तै प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवद्र्धन पुरस्कारबाट रामकुमार सिंह डङ्गोल र  नेपाल भौगर्भिक समाजलाई सम्मान गरिने भएको छ ।
मोहनध्वज बस्नेत प्रविधि प्रज्ञा पुरस्कारबाट इन्जिनियर अमृत सिंह थापा, जीतबहादुर नकर्मी धातु प्रविधि पुरस्कारबाट राजेश अवाले र भुवनेश्वर प्रविधि पुरस्कारबाट इन्जिनियर हरि दर्शनलाई पुरस्कृत गरिने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us