एमाओवादीको पत्रकार सम्मेलनमा जे देखियो (फोटो फिचरसहित)

काठमाण्डु टुडे २०७० मंसिर ६ गते ५:३० मा प्रकाशित

2काठमाण्डु, ६ मंसिर–एमाओवादीले पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा विहीबार विहान पत्रकार सम्मेलन गरिरहँदा कार्यकर्ताहरुको उल्लेख्य भीड थियो । पत्रकार सम्मेलनमा एमाओवादी अध्यक्ष प्रचण्डले चुनावमा धाँधली भएकोले पुनरावलोकन गर्न माग गरे । उनले मत गणना पुनरावलोकन नभएसम्म संविधानसभामा नजाने घोषणा गरेपछि कार्यकर्ताहरुले त्यसको पक्षमा हुटिङ गरेका थिए ।

3

कार्यकर्ताहरुले चुनाव परिणामप्रति असन्तुष्टि जनाउँदै नाराबाजी गरेका थिए । ति कार्यकर्ताहरुले संघर्षमा जान माग गरेका थिए । ‘प्रचण्ड आदेश देऊ संघर्षमा जान तयार छौं,’ भन्दै उनीहरुले नाराबाजी गरेका थिए ।

4

Pressmeet-perisdada copy

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us