निर्वाचन देशभर शान्तिपूर्ण: गृह

काठमाण्डु टुडे २०७० मंसिर ४ गते १२:३८ मा प्रकाशित

काठमाण्डु, ४ मंसिर– गृह मन्त्रालयले मंगलबार भएको संविधानसभा निर्वाचन देशभर शान्तिपूर्ण रहेको जनाएको छ ।
home ministry of nepalमन्त्रालयमा मंगलबार साँझ आयोजित पत्रकार सम्मेलनमा गृहसचिव जनार्दन नेपालले देशभर शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको बताए । चुनौतीपूर्ण अवस्थामा भएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्नुसक्नुलाई उनले सरकारको सफलताका रुपमा अथ्र्याए ।

उनले प्रारम्भिक परिणामअनुसार देशभर ६५ प्रतिशतभन्दा बढी मतदाता मतदानमा सरिक भएको जानकारी दिए । ‘दुई तिहाई मत खसेको छ, अन्तिम विवरण आउँदासम्म ७० प्रतिशत नाघ्नसक्छ’ उनले भने ।

उनले सबैभन्दा बढी काठमाण्डु उपत्यकामा ८२ प्रतिशतभन्दा बढी मत खसेको बताए । निर्वाचनको वातावरण बिर्गान खोज्ने ३६ जनालाई देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको गृहले जनाएको छ ।

निर्वाचनका क्रममा भएका झडपमा २५ जना घाइते भएको र सरकारले उनीहरुको उपचार व्यवस्था मिलाउने जानकारी सचिव नेपालले दिए ।

रोल्पाको थवाङ मतदान केन्द्रमा शून्य मत खसेको भन्ने समाचारको खण्डन गर्दै उनले त्यहाँ निर्वाचन भएको बताए । तर कमैमात्र मत खसेको उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us