माओवादी प्रवक्ताको गाउँमा खस्यो ९० प्रतिशत मत

काठमाण्डु टुडे २०७० मंसिर ४ गते १२:०८ मा प्रकाशित

चौतारा, ४ मंसिर– एकीकृत माओवादी प्रवक्ता अग्नि सापकोटाको गृह क्षेत्रमा रहेको मतदान केन्द्रमा झण्डै ९० प्रतिशत मत खसेको छ ।
Agniसापकोटाको गाउँ सिन्धुपाल्चोक कुविण्डे–८ स्थित सेतीदेवी पञ्चकन्या उच्चमावि केन्द्रमा ८९ दशमलब ७ प्रतिशत मत खसेको हो ।

उक्त मतदान केन्द्रमा १ हजार ३८ मतदाता रहेकामा ९ सय ३२ मत खसेको मतदान अधिकृत गोविन्द नेपालले जानकारी दिए । त्यस केन्द्रमा अनुमानित ९५ प्रतिशत मत आफ्नो पक्षमा खसेको एमाओवादी गाउँ कमिटी सचिव घनश्याम नेपालले जानकारी दिए ।

कुविण्डे–७ का स्थायी बासिन्दा सापकोटाले सोही केन्द्रबाट सबैभन्दा पहिला मतदान गरी मतदानकार्य शुभारम्भ गरेका थिए । उनी सिन्धुपाल्चोक–२ का उम्मेदवार हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us