काठमाण्डु, ३ मंसिर– मंगलबार हुने संविधानसभा चुनावकालागि देशभर खटिएका कर्मचारीहरु बुथ बनाउने काममा व्यस्त भएका छन् । कर्मचारीहरुले कडा सुरक्षा घेरामा मतदाता परिचय पत्र वितरणको काम पनि जारी राखेका छन् ।
निर्वाचन आयोगका प्रवक्ता बीरबहादुर राईका अनुसार मंगलबार विहान सात बजेदेखि मतदानको काम सुरु हुने भएकाले सोमबार बुथ बनाउने र मतदाता परिचय पत्र वितरणको काम सबै पूरा हुने छ । यसअघि परिचयपत्र वितरणको काम मंसिर २ गतेसम्म मात्रै हुने तय गरिएको थियो । तर, कतिपय जिल्लामा वितरणको काम नसकिएकाले एकदिन थप गरिएको हो ।
फोटो सहितको मतदाता नामावलीमा नाम भएका तर, परिचयपत्र नबनेकाहरुले नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्र लगायत सरकारी कागजपत्र देखाएर मत हाल्न पाउने छन् ।