मतदान स्थलमा छैन पुगेनन् कर्मचारी

काठमाण्डु टुडे २०७० मंसिर २ गते ८:४२ मा प्रकाशित

गौशाला, २ मंसिर– महोत्तरीको क्षेत्र नम्बर ४ अन्तर्गत नैन्ही गाविसस्थित रामकुमारी प्राथमिक विद्यालय सुरियाहीमा रहेको दुईवटा मतदान केन्द्रमा अहिलेसम्म कुनै पनि कर्मचारी पुगेका छैनन् ।

आसन्न संविधानसभाको निर्वाचन सम्पन्न गराउन त्यहाँ खटाइएका मतदान अधिकृत, कर्मचारी तथा सुरक्षाकर्मी समेत अहिलेसम्म नपुगेको गुनासो स्थानीय बासिन्दाले गरेका छन् । जिल्लाको प्रत्येक बुथहरुमा हिजोसम्म नै खटाइएका कर्मचारीहरु पुगेर मतदाता परिचयपत्र वितरण गर्नुका साथै आवश्यक कामकाज गरिरहेका छन् भन्ने सो बुथमा अहिलेसम्म कुनै कर्मचारी नपुगेको स्थानीयवासीले बताएका छन् ।

यता क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयले सबै ठाउँमा मंसिर १ गते अनिवार्यरुपमा पुग्ने गरी सरसामान र परिचयपत्रसहित कर्मचारीहरु पठाइसकेको बताएका छन् । सदरमुकाम जलेश्वरबाट पाँच किलोमिटर दुरीमा रहको सो दुवै मतदान केन्द्रमा निर्वाचन अधिकृतको कार्यालयले बुथ ‘क’ मा दिनेश साह र बुथ ‘ख’ मा सुशील यादवलाई मतदान अधिकृत तोकेर पठाइसकेको जनाएको छ ।

सो दुवै मतदान केन्द्रमा ९०० भन्दा बढी मतदाता रहेका छन् भन्ने उनीहरुले अहिलेसम्म आफ्ना परिचयपत्र समेत नपाउँदा अन्यौलमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us