निर्वाचनमा लैङ्गिक अनुगमन गरिने

काठमाण्डु टुडे २०७० मंसिर २ गते १:५० मा प्रकाशित

काठमाण्डु, २ मंसिर–राष्ट्रिय महिला आयोगको नेतृत्वमा महिला अधिकारको क्षेत्रमा कार्यरत विभिन्न ३१ वटा संघसंस्थाले संविधानसभा निर्वाचनमा लैङ्गिक अनुगमन गर्ने भएका छन् ।

आयोगले यही मंसिर ३ र ४ गते विशेष अनुगमन गर्नेछ भने संविधानसभा निर्वाचनपछि संविधान निर्माणको प्रक्रियासम्म अनुगमनलाई निरन्तरता दिइने आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आयोगले केही समययतादेखि देशका विभिन्न जिल्लामा निर्वाचन प्रक्रियाको लैङ्गिक दृष्टिकोणले अनुगमन सम्पन्न गरिसकेको छ । आयोगले हालै गरेको अनुगमनमा मध्य तराईका कतिपय जिल्लाहरुमा महिला उम्मेदवारका लागि पूर्ण रुपमा सुरक्षा नभएको देखिएको जनाइएको छ ।

संविधानसभा निर्वाचन लैङ्गिक अनुगमन नेपालले देशका ७५ वटै जिल्लाका सम्पूर्ण निर्वाचन क्षेत्रमा करिब सात सय स्वयम्सेवक खटाई अनुगमन गर्दैछ, विज्ञप्तिमा भनिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us