
काठमाण्डु, १ मंसिर– निर्वाचन पर्यवेक्षणका लागि हालसम्म १५ हजार ७२५ जना राष्ट्रिय र २५३ जना अन्तर्राष्ट्रिय पर्यवेक्षकले निर्वाचन आयोगबाट परिचयपत्र लिएका छन् ।
जिल्ला निर्वाचन अधिकृतका कार्यालयबाट पनि परिचयपत्र वितरण कार्य भएकाले सङ्ख्या वृद्धि हुने आयोगका सहसचिव सुरेश अधिकारीले जानकारी दिए । आयोगमा तीन अन्तराष्ट्रिय संस्थासहित ५४ राष्ट्रिय संस्थाले पर्यवेक्षणका लागि आयोगबाट अनुमति लिएका छन् । परिचयपत्र लिएका पर्यवेक्षकले निर्वाचन पर्यवेक्षणको काम सुरु गरिसेका छन् । रासस