प्याब्सन र एन प्याब्सनका अध्यक्ष पनि समानुपातिकमा

काठमाण्डु टुडे २०७० मंसिर १ गते ८:१९ मा प्रकाशित

काठमाण्डु, १ मङ्सिर– निजी तथा आवासीय विद्यालय अर्गानाइजेसन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) का अध्यक्षद्वय डा बाबुराम पोखरेल र गीता राणा पनि संविधानसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको उम्मेदवार रहेका छन ।
उम्मेदवारका रूपमा हालसम्म चर्चामा नआएका दुवैलाई ‘नमस्कार’ चिह्न भएको मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक) बाट बन्दसूचीमा समावेश गरिएको पाइएको छ । पोखरेल भिएस निकेतनका संस्थापक प्रिन्सिपल र राणा ग्यालेक्सी पब्लिक स्कुलका संस्थापक प्रिन्सिपल हुन ।
दुवै उम्मेदवारलाई उनीहरुले शिक्षा क्षेत्रमा दिएको योगदानको कदर गर्दै उम्मेदवार बनाइएको पार्टीले जनाएको छ । एनप्याब्सनका अध्यक्ष राणाले पार्टीले आपसी सल्लाहमै उम्मेदवारी दिएको भन्दै निर्वाचित भएमा संविधानसभामा निजी विद्यालयका सवाललाई समावेश गरिने बताइन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us