‘प्रधानमन्त्रीमा १७ पटक पराजित रामचन्द्र हुँदैछन् यसपटक तनहुँमा पनि पराजित’

काठमाण्डु टुडे २०७० मंसिर १ गते ३:४७ मा प्रकाशित

तनहुँ–एकीकृत माओवादी तनहुँ क्षेत्र नम्बर २ का उम्मेदवार ओजराज आलेले प्रधानमन्त्रीमा  १६ पटक पराजित भएका नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेललाई यसपटक आफूले तनहुँबाट पराजित गराइदिने दावी गरेका छन् । Madan aale 2
तनहुँका १५ वटा गाविस र व्यास नगरपालिकाका ११ वटा वडाका ५९ हजार मतदाता यसपटक आफूलाई बिजयी गराउन आतुर रहेको आलेले बताए । रामचन्द्र पौडेललाई पराजित गरी आफनो जित्ने आधार प्रस्तुत गर्दै आलेले भने ‘सबै मतदाताकहाँ पुगेका छौ, रामचन्द्र पौडेलले पाउने मत यस पटक उनकै पार्टीका बागी उम्मेदवार, अखण्ड नेपाल पार्टी, एमाले र संघीय समाजवादी पार्टीका उम्मेदवारले पनि लिदैछन्, त्यसैले अघिल्लो निर्वाचनमा  हामीले १२ हजार मत ल्याएका थियौ, त्यतिवेलादेखि यतिवेलासम्म हाम्रो संगठन बिस्तार भएको छ । आदिवासी जनजाति समुदाय हाम्रो पक्षमा छन् । त्यसैले यसपटक हामी सजिलै जित्ने अवस्थामा पुगेका छौ ।’

अघिल्लो निर्वाचनमा रामचन्द्र पौडेलले १८ हजार मत ल्याएर जितेका थिए । अघिल्लो संबिधानसभा निर्वाचनमा मतदाता सख्या ९३ हजार थियो । ‘यसपटक हामीले १५ हजार मत ल्याउन सकिने प्रशस्त आधार पाएका छौ त्यसैले हामी जित्छौ ’ काठमाण्डु टुडेसँग कुरा गर्दै आलेले भने ‘पहिचानसहितको संघीयता, संघीयता सहितको संबिधान र संबिधानसभाबाटै संबिधान घोषणा गराउने हाम्रो प्रतिबद्धता प्रति जनताको आकर्षण बढेको छ । त्यसैले हामी जित्नेमा बिश्वस्त छौ’आलेले भने । रामचन्द्र पौडेलले २५ बर्षदेखि प्रतिनिधित्व गरेर पनि त्यहाँको बिकासमा ध्यान नदिएको जनताको गुनासा छन् । आलेले भने  ‘हाम्रो पक्षमा माहोल बनेको छ । हामी जित्छौ ।’

काँग्रेसको भातृ संगठन तरुण दलका केन्द्रीय सदस्य पूर्ण बहादुर गुरुङ रामचन्द्र पौडेलको बागी उम्मेदवार बनेका छन् । भ्रष्ट्राचारी ठहर भइ जेलबाट मुक्त भएका खुमबहादुर खडकाको पूर्ण सहयोग पाएका गुरुङले पाँच हजार मत ल्याउँदा त्यसको प्रत्यक्ष लाभ एकीकृत माओवादीका उम्मेदवार आलेलाई हुने देखिन्छ । एमालेका उम्मेदवार व्यापारीहरुको वीचमा जति लोकप्रिय छन् त्यति जनस्तरमा पुग्न सकेका छैनन् भने संघीय समाजवादी र अखण्ड नेपाल पार्टीका उम्मेदवारले पनि रामचन्द्र पौडेलले पाउने मत आफनो पक्षमा ल्याउँदैछन् । अघिल्लो संबिधानसभा निर्वाचन उम्मेदवार बनेका डम्बरबहादुर बिश्वकर्मा मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीमा छन् । बिश्वकर्माले असर पार्लान नी भन्ने जिज्ञासामा आलेले भने‘उहाँसँग उहाँको परिवार बाहेक अरु जनता कार्यकर्ता छैनन् त्यसैले हामीलाई केहि फरक पर्दैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us