सिरियासम्बन्धी वार्ता डिसेम्बर १२ मा हुने

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते ७:५१ मा प्रकाशित

बेरुत, २९ कात्तिक–सिरियामा गत तीस महिनादेखि चलिरेको द्वन्द्वको समाधानका लागि जेनेभामा हुने भनिएको शान्ति वार्ता डिसेम्बर १२ मा हुने भएको छ ।    सो वार्ता सिरियामा शान्ति स्थापनाको एक महत्वपूर्ण कदम हुने विश्व समुदायले बताउँदै आएका छन् । तर सो मितिको बारेमा भने अझै निश्चित हुन सकेको छैन ।
सिरियाको एक दैनिक पत्रिका अल वातानले सोसम्बन्धी समाचार बिहीबार प्रकाशन गरेको छ । सो पत्रिकाले फ्रान्सका एकजना वरिष्ठ कूटनीतिज्ञलाई उद्धृत गरी सो समाचार दिएको छ ।
जेनेभामा हुन लागेको यो दोस्रो पटकको वार्ता हो । यसअघि पनि सिरियाली विपक्षीहरूको सहमतिमा जेनेभामा वार्ता भएको थियो ।
समाचारमा जनाइए अनुसारसो वार्ता डिसेम्बर १२ मा हुने  र त्यससम्बन्धी औपचारिक घोषणा संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले गर्नेछन ।
सिरियाली प्रमुख विपक्षी पार्टीले भने गत सोमबार सिरियाली राष्ट्रपति बसार अल असादले सत्ता नछोडेसम्म जेनेभा वार्तामा सहभागी नहुने बताएको थियो । तर मङ्गलबार मात्र विपक्षी समूहले पनि वार्तामा सहभागी हुने जनाएको समाचार आएको थियो ।
सिरियाली विद्रोही पार्टीले टर्कीको इस्तानबुलमा जारी दुई दिने छलफलपछि जेनेभामा हुन गइरहेको शान्ति वार्ता सम्मलेनमा उनीहरू पनि सहभागी हुने विज्ञप्ति प्रकाशिन गरी बताएका थिए ।
सिरियामा करिब तीस महिनादेखि जारी रहेको हत्या हिंसाको क्रम अझै रोकिएको छैन । यसका कारण लाखौँ नागरिक प्रभावित भइरहेका छन् ।
त्यसैगरी सो युद्धका कारण अहिलेसम्म एक लाख २० हजारभन्दा बढीको ज्यान गइसकेको छ । यसैबीच लाखौं सिरियाली जनता जारी द्वन्द्वका कारण छिमेकी राष्ट्रमा विस्थापित भएका छन् ।
राजनीतिक समाधान आवश्यक – रसिया
यसैबीच सिरियाली समस्याका लागि शान्ति वार्ता हुने समाचार आएपछि  रसियाले सिरियाली समस्याको राजनीति निकास निकालिनुपर्ने धारणा अघि सारेको छ ।
रसियाली विदेश मन्त्री सेर्गेई लाभरोभले भनेका छन‘रसियाको राजनीतिक समाधान आवश्यक छ र यसका लागि विश्वका प्रभावशाली देशहरूका बीचमा राजनीतिक सम्मेलन हुनु जरुरी छ ।
जेनेभामा हुन लागेको शान्तिवार्ता अगावै यस्तो राजनीतिक समाधानको आवश्यकता रहेको उनले बताए । राजनीतिक समाधानबाट मात्र सिरियामा आगामी दिनमा स्थायित्व कायम गर्न सघाउ पुग्ने उनले बिहीबार इजिप्टको राजधानी कायरोमा बताएका हुन ।
साथै इजिप्टका विदेश मन्त्री नबिल फाहमीले पनि रसियाको जस्तो राजनीतिक सहमति नै आफ्नो देशको धारणा रहेको बताए । रासस ÷एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us