प्रचण्डलाई विजयी गराउन नागरिकहरुद्वारा हस्ताक्षरसहित अपिल

काठमाण्डु टुडे २०७० कार्तिक २७ गते १३:४७ मा प्रकाशित

काठमाण्डु, २७ कात्तिक– काठमाण्डु–१० का नागरिकहरुले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई अत्यधिक मतले विजयी गराउन १७२ जना प्रवुद्ध नागरिकहरुको हस्ताक्षरसहित अपिल गरेका छन् ।

शान्ति प्रक्रियाको एउटा मुख्य पक्षको सर्वोच्च नेता हुनुको नाताले शान्ति प्रक्रिया र संविधानसभालाई सफल बनाउन संविधानसभामा प्रचण्डको उपस्थिति अति आवश्यक भएको उल्लेख गर्दै किर्तिपुर लगायत काडमाण्डु–१० का प्राध्यापक, डाक्टर, इन्जिनियर, कलाकार, लेखक र जागरुक नागरिकहरूले हस्ताक्षरसहित अपिल गरेका हुन् । जागरुक नागरिकको हैसियतले राष्ट्रिय र क्षेत्रीय आवश्यकतालाई ध्यानमा राखी आफ्नो स्वतन्त्र मत जाहेर गरेको उल्लेख गर्दै प्रचण्डलाई विजयी गराउन उनीहरुले अग्रह गरेका छन् ।

prachanda_ucpnm

‘गोलाकारभित्रको हँसिया हथौडा’मा आफ्नो अमूल्य मत दिइ प्रचण्डलाई विजय गराउन आह्वान गरिएको सो अपिलमा जनआन्दोलनको एउटा अजेय ऐतिहासिक किल्लाका रूपमा स्थापित कीर्तिपुरलाई व्याख्या गर्दै त्यस क्षेत्रबाट शीर्ष नेता भारी मतले चुनिएर जानु आवश्यक रहेको उल्लेख गरिएको छ ।

अपिलमा भनिएकोछ, ‘यस क्षेत्रका उम्मेदवारमध्ये जनआन्दोलन, शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियामा अहम् भूमिका खेलेका र अब पनि खेल्नसक्ने उम्मेदवार एवं शीर्ष नेता एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै रहेको कुरामा दुई मत नहोला । अतः उहाँलाई यस क्षेत्रबाट अत्यधिक मतले विजयी बनाउन सम्पूर्ण मतदातालाई हामी हार्दिक अपील गर्छौं ।’

काठमाण्डु १० नं. क्षेत्रका जागरुक नागरिकहरूको
सार्वजनिक अपील
२०७० कार्तिक २७

पहिलो संविधानसभा नयाँ संविधान जारी नभईकनै विघटन भएको सन्दर्भमा हाम्रो मुलुकमा फेरि दोस्रो पटक संविधानसभाको चुनाव हुँदैछ । नेपालमा संविधानसभामार्फत नयाँ संविधान लेखन ऐतिहासिक जनआन्दोलन र माओवादी सशस्त्र संघर्षका उपलब्धिलाई संस्थागत गर्ने साधन मात्र होइन, शान्ति प्रक्रियाको एउटा सर्वाधिक महत्वपूर्ण हिस्साका रूपमा रहेको छ । अब पनि संविधानसभा सफल हुन सकेन भने शान्ति प्रक्रिया कदापि पूरा हुन सक्ने छैन । नेपालमा हिंसात्मक द्वन्द्व फेरि सुरु हुनसक्छ । यसै परिप्रेक्ष्यमा हुन लागेको संविधानसभाको चुनावको ज्यादै ठूलो महत्व छ । यसलाई कुनै पनि निहुँमा नबिथोल्न र शान्तिपूर्ण रूपमा मात्र बहिष्कार गर्न संघर्षरत दलहरूलाई हामी अपील गर्छौं ।

यो संविधानसभालाई सफल बनाउन यसमा भ्रष्ट, परिवर्तनविरोधी, देशघाती मात्रै होइनन्, अग्रगामी संविधान निर्माणमा खासै भूमिका खेल्न नसक्ने खालका कुनै पनि उम्मेदवार जितेर जानु हुँदैन भन्ने हामीलाई लागेको छ । जुनसुकै दलका किन नहोउन्, अग्रगामी परिवर्तनको पक्ष लिने, देशलाई माया गर्ने र संविधान निर्माणमा राम्रो भूमिका खेल्न सक्ने स्वच्छ चरित्रका सभासद्लाई बढीभन्दा बढी मात्रामा संविधानसभामा चुन्न सकेमा मात्रै संविधानसभा सफल हुने सम्भावना ज्यादा हुन्छ । त्यसैले व्यक्तिगत, क्षेत्रगत वा पार्टीगत आग्रह/पूर्वाग्रहभन्दा माथि उठेर सबै चुनावी क्षेत्रमा सक्षम र स्वच्छ परिवर्तनकामी उम्मेदवारलाई मात्र भारी मत दिन हामी सबै मतदातालाई हार्दिक आह्वान गर्दछौं ।

सबै प्रमुख दलका जनआन्दोलन, शान्ति प्रक्रिया तथा संविधान निर्माण प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका अग्रगामी परिवर्तन पक्षधर शीर्ष नेताहरूलाई अब हुने संविधानसभाको निर्वाचनमा विजयी बनाउनु पनि त्यत्तिकै जरुरी छ । अतः हामी सबै प्रमुख राजनीतिक दललाई सबै नेताको हकमा सम्भव नभए पनि, कम्तीमा त्यस्ता शीर्ष नेताको हकमा मात्रै भए पनि संविधानसभामा उहाँहरूको पहुँच सुनिश्चित बनाउन चुनावी तालमेलका लागि अविलम्ब पहल गर्न ढिलै भए पनि अनुरोध गर्छौं ।

जनआन्दोलनको एउटा अजेय ऐतिहासिक किल्लाका रूपमा स्थापित कीर्तिपुर सन्निहित रहेको काठमाडौं क्षेत्र नं. १० बाट त त्यस्ता शीर्ष नेता भारी मतले चुनिएर जानु झनै आवश्यक छ । त्यसैले यस क्षेत्रका उम्मेदवारमध्ये जनआन्दोलन, शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियामा अहम् भूमिका खेलेका र अब पनि खेल्नसक्ने उम्मेदवार एवं शीर्ष नेता एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै रहेको कुरामा दुई मत नहोला । शान्ति प्रक्रियाको एउटा मुख्य पक्षको सर्वोच्च नेता हुनुको नाताले शान्ति प्रक्रिया र संविधानसभालाई सफल बनाउन संविधानसभामा उहाँको उपस्थिति अति आवश्यक देखिन्छ । अतः उहाँलाई यस क्षेत्रबाट अत्यधिक मतले विजयी बनाउन सम्पूर्ण मतदातालाई हामी हार्दिक अपील गर्छौं ।

यस अपीलमा हस्ताक्षर गर्ने १७२ जना प्राध्यापक, डाक्टर, इन्जिनियर, कलाकार, लेखक र जागरुक नागरिकहरू

श्याम श्रेष्ठ कीनपा–१०, प्रा.डा. शिवशरण महर्जन कीनपा–४, राजेन्द्र महर्जन कीनपा–६, योगेन्द्र गुरुङ कीनपा–३, प्रेमदास महर्जन कीनपा–१६, विजयकान्त कर्ण, त्रिवि कीर्तिपुर, वीरबहादुर महर्जन कीनपा–१, राजभाइ जकःमि कीनपा–१७, प्रा.डा. देवीप्रसाद गौतम कीनपा–१, डा. बसन्त महर्जन कीनपा–३, डा. हरिनारायण गुप्ता ट्याङला, रवीन्द्र खड्का ट्याङला, रत्नबहादुर महर्जन कीनपा–१७, डा. भीमराज सुवाल कीनपा–११, पोष्टराज चापागाईं कीनपा–१६, पूर्णमान महर्जन कीनपा–१७, सुवासचन्द्र पोखरेल सतुङ्गल ७, ई. दुर्कमान महर्जन कीनपा–१२, नरहरि महर्जन कीनपा–९, ई. मदनकुमार डंगोल कीनपा–९, डा. सञ्जीव महर्जन कीनपा–११, नारायण महर्जन, कीनपा–९, इन्द्रलाल डंगोल कीनपा–११, अनिल महर्जन कीनपा–९, जनकलाल महर्जन कीनपा–१०, अमिर महर्जन कीनपा–११, ई. इमन महर्जन कीनपा–१०, ई. राजन महर्जन कीनपा–१०, हिराबहादुर महर्जन कीनपा–१२, निर्जला महर्जन (मिस ज्यापु) कीनपा–११, ई. दीपेन्द्र महर्जन कीनपा–११, श्यामकुमार महर्जन कीनपा–११, प्रा.डा. चित्रबहादुर बुढाथोकी कीनपा–३, प्रयागमान प्रधान कीनपा–१७, उप.प्रा. अवतार सुवेदी कीनपा–१७, प्रा. हेमराज ढकाल, मधुसुदन सुवेदी, सञ्जय ज्ञवाली, डा. रामचन्द्र ढकाल पांगा, डा. भूमिराज बिष्ट कीनपा–१७, डा. तारालाल श्रेष्ठ, ट्याङला, रामचन्द्र घिमिरे कीनपा–१६, देवेन्द्रप्रसाद पाठक, विपिनकुमार दाहाल, उमेश पौडेल कीनपा–३, सुदर्शन के.सी. कीनपा–१५, बालकृष्ण माबुहाङ कीनपा–२, बासुदेव नेवाः कीनपा–३, मोतीलाल नेपाली कीनपा–२, इ. अर्पणा महर्जन कीनपा–१६, डा. सोनी नेवाः कीनपा–३, वज्रमुनि वज्राचार्य कीनपा–४, रामकृष्ण भण्डारी कीनपा–३, महेन्द्र महर्जन कीनपा–४, नीलकण्ठ महर्जन कीनपा–२, सिंगबहादुर महर्जन कीनपा–३, स्वयम्भुरत्न वज्राचार्य कीनपा–४, केशव डंगोल कीनपा–२, राजु महर्जन कीनपा–३, लछुमन मानन्धर कीनपा–३, गणेशमान महर्जन कीनपा–३, शिव महर्जन कीनपा–३, नीलकण्ठ अमात्य कीनपा–३, राजकुमार महर्जन कीनपा–३, नारायण महर्जन कीनपा–१७, नवीन जोशी कीनपा–३, हरिकृष्ण श्रेष्ठ कीनपा–३, रामभक्त महर्जन कीनपा–१७, हीराबहादुर मानन्धर कीनपा–१७, ध्रुब महर्जन कीनपा–१७, गोविन्द महर्जन कीनपा–४, राज्यरत्न वज्राचार्य कीनपा–४, प्रकाश महर्जन कीनपा–३, भीमसेनदास महर्जन कीनपा–१६, महेन्द्र महर्जन कीनपा–१७, हरिश महर्जन कीनपा–१६, ललितराज महर्जन कीनपा–४, नवीन महर्जन कीनपा–१८, रामचन्द्र महर्जन कीनपा–५, प्रकाश तण्डुकार कीनपा–५, तेजबहादुर महर्जन कीनपा–५, कर्मलाल महर्जन कीनपा–५, लक्ष्मीप्रसाद महर्जन कीनपा–३, अशोक भन्सारी कीनपा–४, हीराबहादुर महर्जन कीनपा–४, ज्ञानबहादुर महर्जन कीनपा–४, नारायण महर्जन कीनपा–२, रमेश महर्जन कीनपा–१६, सञ्चित डंगोल कीनपा–१६, जगतबहादुर महर्जन कीनपा–१६, विनोद महर्जन कीनपा–२, न्हुछेबहादुर दर्शनधारी कीनपा–१, अर्जुन महर्जन कीनपा–१, उज्ज्वल महर्जन कीनपा–५, गुजय मालाकार कीनपा–३, बाबुकृष्ण महर्जन कीनपा–१, अशोक महर्जन कीनपा–३, कुलबहादुर महर्जन कीनपा–९, उदेन महर्जन कीनपा–१६, रामकृष्ण महर्जन कीनपा–३, डाइलकबाबु हमाल कीनपा–३, भूपालकुमार श्रेष्ठ कीनपा–५, किसानप्रसाद अधिकारी, ट्याङला, गंगाराम महर्जन कीनपा–१२, विष्णुहरि महर्जन कीनपा–१२, दीपक डंगोल कीनपा–११, सुधीरराज महर्जन कीनपा–१२, जीवन महर्जन कीनपा–११, ज्ञानबहादुर महर्जन कीनपा–११, राजेन्द्र खड्गी कीनपा–११, कृष्णमान महर्जन कीनपा–१०, कृष्ण महर्जन कीनपा–९, गंगाराम महर्जन कीनपा–९, परमेश्वर डंगोल कीनपा–११, सीताराम महर्जन कीनपा–९, अर्जुन महर्जन कीनपा–९, कृष्णबहादुर महर्जन कीनपा–९, इ. राजभाइ महर्जन कीनपा–११, बालगोपाल श्रेष्ठ कीनपा–९, श्रीकृष्ण महर्जन कीनपा–९, महेशराम महर्जन कीनपा–९, कृष्ण महर्जन कीनपा–११, मानकुमार श्रेष्ठ कीनपा–९, नातिभाइ महर्जन कीनपा–९, मर्जिमान सिं कीनपा–१०, ज्ञानबहादुर महर्जन कीनपा–११, इन्द्रलाल महर्जन कीनपा–९, सुन्दरी महर्जन कीनपा–११, ममता महर्जन कीनपा–१०, जोश महर्जन कीनपा–९, हिराभाइ महर्जन कीनपा–१४, रामशरण दुलाल कीनपा–८, कमल ढकाल कीनपा–१७, ज्ञानबहादुर देउला कीनपा–१७, राजेन्द्र महर्जन कीनपा–९, गणेशलाल महर्जन कीनपा–५, नरेन्द्र महर्जन कीनपा–१०, बासुदेव महर्जन कीनपा–११, इन्द्रमान महर्जन कीनपा–९, गंगा महर्जन कीनपा–९, लेक्चरर. रोशनी महर्जन कीनपा–९, शान्तराम महर्जन कीनपा–९, हरिभक्त महर्जन कीनपा–११, पुष्प महर्जन कीनपा–११, विनोदविक्रम के.सी. चाल्नाखेल गाविस–५, शिवप्रसाद खनाल सतुंगल–९, रामचन्द्र बस्नेत सतुंगल–९, डिल्लीराम तिवारी सतुंगल–९, शान्ता गैरे सतुंगल–९, ऋषिराम पोखरेल सतुंगल–९, रामबहादुर भट्टराई सतुंगल–९, शान्ति अधिकारी सतुंगल–९, बाबुराम पाठक महादेवस्थान, श्रीराम थापा महादेवस्थान, शिवकुमार बानियाँ महादेवस्थान, प्रतापबाबु पाठक महादेवस्थान, रुपा मानन्धर पाठक महादेवस्थान, गोकुलप्रसाद सिग्देल बाडभञ्ज्याङ–३, राजेश पुर्काेती मातातीर्थ–१, युवनाथ चमरेल महादेवस्थान–३, ध्रुवज्योति श्रेष्ठ महादेवस्थान–३, भोलानाथ महर्जन महादेवस्थान–२, मीनाकुमारी महर्जन महादेवस्थान–२, विदुरप्रसाद गौतम छैमले–६, रामचन्द्र केसी छैमले–९ स्वस्ती महर्जन कीनपा–५, रोजिना महर्जन कीनपा–३, ममिता महर्जन कीनपा–३, सुमित्रा नकर्मी कीनपा–१७, बाबुराम दाहाल कीनपा–२ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us