
झापा, २७ कात्तिक– अपहरणको हल्ला चलेका एक उम्मेदवार रातभरी बहिनीको घरमा बसेको खुल्न आएको छ ।
झापा क्षेत्र नं ५ को नेपाल आमा पार्टीका उम्मेदवार चिन्तादेवी ढुङ्गेल बुधबार जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा र्आपछि मंगलबार राति चन्द्रगढीस्थित आफ्नी बहिनीको घरमा रात बिताएको खुलेको हो । मङ्गलबार अपराह्न सतासीधाम–८ स्थित माइधारबाट बेपत्ता भएको भनेर पार्टीले विज्ञप्ति जारी गरेपछि अपहरणको हल्ला चलेको थियो ।
धमाधम उम्मेदवार बेपत्ता भइरहेको समाचार आएपछि उम्मेदवार बढी चर्चामा आउने गरेको कारण पनि यस्तो हल्ला आउन थालिएको भन्दै प्रजिअ एकमणि नेपालले सञ्चार क्षेत्रलाई सजग हुन आग्रह गरेका छन् ।
प्रहरी उपरीक्षक शेरबहादुर बस्नेतले उम्मेदवार ढुङ्गेल आफँै जिल्ला प्रहरी कार्यालय आएकी बताए । उम्मेदवारको बेपत्ताका घटना लुकामारीको खेलजस्तै हुनथालेको उनले बताए ।