
कञ्चनपुर, २६ कात्तिक– एकीकृत नेकपा माओवादी)का अध्यक्ष पुष्पकमल दहाल, प्रचण्डले संविधानसभामार्फत पहिचानसहितको संघीयता बनाएरै छाडने दृढता व्यक्त गरेका छन् ।
मेची–महाकाली राष्ट्रिय जनजागरण अभियानका क्रममा आज कञ्चनपुरको कृष्णपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आम जनतालाई राष्ट्रिय एकता र संविधान बनाउने संकल्पसहित अभियानको थालनी गरिएको बताए । संविधानसभाको निवार्चनमा देशभरि एमाओवादीप्रति जनहलर उर्लिदो रहेकाले जित सुनिश्चित रहेका प्रचण्डले बतए ।
परिवर्तनकारी शक्तिलाई बहुमत दिएमा मात्रै संविधान निर्माण हुने, स्थिर सरकारको गठन हुने, विकास निर्माणका कार्य र उत्पादनका कार्य अगाडि बढनसक्ने उजको भनाइ थियो । अघिल्लो संविधानसभाको निर्वाचनमा बहुमत नआउँदा प्रतिगामी शक्तिका कारण संविधान बन्न नसकेको उल्लेख गर्दै उनले विकास, स्थिर सरकार, पहिचानसहितको संघीयताका लागि आफ्नो पार्टीका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।
कञ्चनपुरको जनसभासँगै एमाओवादीको मची महाकाली राष्ट्रिय जागरण अभियान सकिएको छ । यस अभियानबारे ओपचारिक जानकारी दिन एमाओवादीले बुधबार पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।