टोयोटाको घोडा जसरी चलाउनु पर्ने कार

काठमाण्डु टुडे २०७० कार्तिक २६ गते ९:५० मा प्रकाशित

कात्तिक– गाडी कम्पनी टोयोजाले घोडसवारबाट प्रभावित भएर नयाँ गाडीको परिकल्पना गरेको छ । यस परिकल्पना अनुसार चालकको भारको सन्तुलनका आधारमा गाडी चल्नेछ । यस गाडीलाई घोडा चलाएको जसरी उठेर चलाउनु पर्नेछ ।

एक विश्लेषकका अनुसार अहिले नयाँ डिजाइन सुरक्षा सम्बन्धी धेरै चुनौती भने रहेको छ । तर, भविष्यमा यस खालका गाडीको विकास तथा निर्माणको निकै सम्भावना रहेको पनि उनले बताएका छन् ।

निर्माण कम्पनी टोयोटाले भविष्यको गाडी सवारलाई रोमाञ्चक बनाउनका लागि गाडीको परिकल्पना गरिएको हो । अझ यसलाई अगाडि–पछाडि तथा मोड्नका लागि सेन्सर लगाउने पनि टोयोटाले बताएको छ । अझ यस गाडीले चालकको अनुहार तथा हाउभाउका आधारमा दिशा परिवर्तन गर्ने पनि बताइएको छ ।

toyota_horse_car1

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us