हाम्रो र राम्रो संबिधानका लागि युवा बिजयी गराउने अभियान

काठमाण्डु टुडे २०७० कार्तिक २६ गते ८:५९ मा प्रकाशित

काठमाण्डु २६ कात्तिक–दोस्रो पटक हुन लागेको संविधान सभाको निर्वाचनमा युवा नेताहरुलाई विजयी बनाउन भन्दै करिव ५ सय युवाको समुहले राजधानी काठमाण्डुमा रयाली निकालेका छन ।
युवाका लागी युवा अभियान नेपालको संयोजन र विभिन्न संघ संस्थाको सहयोगमा राजधानीमा निकालिएको रयालीमा युवा मैत्री संविधान निमार्णका लागी कुनै एक अमुक पार्टी भन्दा पनि सम्पूर्ण युवा नेतृत्वलाइ मतदान गरी हाम्रो र राम्रो संविधान निर्माण गर्न युवाहरुले आव्हान गरेका छन् ।
अघिल्लो संविधान सभामा युवाको प्रतिनिधित्व कम भएकै कारण संविधानसभाबाट संविधान जारी हुन नसकेको भन्दै शान्त, समृद्ध र सु–सस्कृत नेपाल निर्माणका लागि युवा नेतृत्वलाई संविधान निर्माणमा सहभागी बनाउन अभियान सञ्चालन गरिएको अभियानका संयोजक अनन्त पराजुलीले जानकरी दिए । Youth
बन्द हड्ताल गर्न पाईदैन,युवा अधिकार सुनिश्चित गर लगाएतका नारा लेखिएका प्लेकार्ड सहित शान्तिबाटीकाबाट पुरानोवसपार्क, शहिदगेट, आरएनएसी, जमल, घण्टाघर हुँदै पुन शान्तिबाटीमा पुगेर रयाली कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै युवा अभियानकर्मी रामरोहन पन्तले दैनिक हजारौको संख्यामा विदेशिने युवालाई स्वदेशमै रोजगारीको अवसर खोज्नु अहिलेको मुख्या चुनौति रहेको बताए । उनले संविधान सभाको निर्वाचनमा मतदान गर्ने वहुमत युवाको रहेकाले आफ्नो अधिकार स्थापित गर्नका लागी युवा नेतृत्व छनौट गर्नुपर्ने तर्क गरे ।
युवाका लागी युवा अभियानका संयोजक अनन्त पराजुलीले कुनै अमुक राजनीतिक दलको भन्दा पनि युवा नेतृत्वका लागि युवा नै जुट्नुको विकल्प नरहेको बताए ।
अर्का युवा अभियानकर्मी हिमाल महतले जवसम्म युवा नेतृत्व नीति निर्माण तहमा पुग्दैन तवसम्म युवा अधिकार सुनिश्चित हुन नसक्ने भन्दै देशैभरका युवा एक भएर अगाडी बढ्नुपर्ने बेला आएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us