जनमोर्चा र फोरमका उम्मेदवार एमाओवादी प्रचारमा

काठमाण्डु टुडे २०७० कार्तिक २५ गते १६:०० मा प्रकाशित

Ganesh-Regmi-and-Rambhakta-shresthaकाठमाण्डु, २४ कात्तिक–काठमाण्डु क्षेत्रनम्बर ४ का एकीकृत माओवादी उम्मेदवार गणेश रेग्मीलाई दुईजना उम्मेदवारले समर्थन गरेका छन् ।

साध्यबहादुर भण्डारी नेतृत्वको जनमोर्चा नेपालका प्रत्यक्ष उम्मेदवार रामभक्त श्रेष्ठ र फोरम लोकतान्त्रिकका समानुपातिक उम्मेदवार दिनेश पुडासैनीले रेग्मीलाई समर्थन गरेका हुन् । उनीहरु रेग्मीकोलागि भोट माग्दै घरदैलो कार्यक्रममा हिँडेका छन् ।

‘गणेश रेग्मी हाम्रो नभए पनि राम्रो मान्छे हो, त्यसैले यस्ता व्यक्तिले चुनाव जित्नुपर्छ,’ श्रेष्ठले भने ।

रेग्मीले आइतबार आफ्नो निर्वाचन क्षेत्रमा बेलुका पाँच बजेसम्म एक–एक घण्टाको फरकमा कोणसभा र र्याली गर्ने जानकारी दिए ।

Ganesh-Regmi-and-dinesh-Pudasaini

तस्विरहरु :–

१. जनमोर्चा नेपालका प्रत्यक्ष उम्मेदवार रामभक्त श्रेष्ठ निलो ज्याकेटमा (माथि)
२. फोरम लोकतान्त्रिकका समानुपातिक उम्मेदवार दिनेश पुडासैनी (खादा लगाएका)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us