प्रहरी र कर्मचारीले माधवको पक्षमा प्रचण्डसँग भोट मागेपछि…

काठमाण्डु टुडे २०७० कार्तिक २६ गते २:३८ मा प्रकाशित

रौतहट–रौतहटको एउटा चुनावी सभामा शुक्रवार प्रचण्डले भनेका थिए, ‘कतिपय निर्वाचन क्षेत्रहरुमा तटस्थाता उल्लंघन गर्दै केही कर्मचारी र सुरक्षाकर्मीले काम गरिरहेको सुनेको छु । त्यस्तो गतिविधि तत्काल रोकियोस ।’

प्रचण्डको यस्तो भनाइ आएपछि रौतहटको राजनीतिक बजारमा ठुलो खैलाभैला भयो । चर्चा भयो ‘प्रहरी र कर्मचारी कसको पक्षमा लागेको सूचना पाएर प्रचण्डले यस्तो भने ।’ प्रचण्डको यो भनाई अहिले पनि रौतहटको चुनावी मैदानमा चर्चामा छ । तर, प्रचण्डले यसो भन्नुको भित्री आशय भने अझ् रोचक रहेछ । Madhab Nepal
मेची–महाकाली चुनावी प्रचार यात्रामा हिडेका प्रचण्डले रौतहटमा अनौठो सूचना पाएका थिए । स्रोतका अनुसार रौतहटका–६ वटै निर्वाचन क्षेत्रमा माओवादीले जित्ने सूचना स्थानीय प्रहरी प्रशासनले एमाले नेता माधवकुमार नेपाललाई दिएको रहेछ । ६ वटै निर्वाचन क्षेत्रमा माओवादीले जित्ने सूचना पाएका नेपालले प्रहरी र कर्मचारीलाई आफ्नो पक्षमा काम गर्न दिएको सूचना समेत प्रचण्डसमक्ष पुगेको स्रोतको भनाई छ । कतिपय प्रहरी अधिकारी र कर्मचारीले त ‘६ मध्य एउटा क्षेत्र जसरी पनि माधव नेपालका लागि छाडदिनुप¥यो’ भन्दै माओवादीका स्थानीय नेता–कार्यकर्तास“ग सहयोग मागेको स्रोतको भनाई छ । सुत्रका अनुसार नेपाल आफैले पनि प्रचण्डस“ग सहयोगको याचना गरेका थिए ।
आफ्ना स्थानीय नेताहरुस“ग प्रहरी र कर्मचारीले गरेको हारगुहार गरेको र माधव नेपालका पक्षमा काम गरेको सूचना पाएपछि प्रचण्डले तटस्थ भएर काम गर्न आग्रह गरेका रहेछन् । स्रोतका अनुसार स्थानीय प्रहरी र कर्मचारीका केही अधिकारीले खुलेरै नेपालको पक्षमा काम गरेको गुनासो माअ‍ोवादीका स्थानीय नेताहरुले प्रचण्डसमक्ष राखेका थिए । एमाओवादी स्रोतका अनुसार ती कर्मचारी र प्रहरी अधिकारीले माधव नेपाललाई सजिलो हुने गरि वातावरण बनाईदिने प्रचण्डसमक्ष सन्देश पु¥याउन समेत आग्रह गरेका थिए ।
गत संविधानसभा निर्वाचनमा रौतहट र काठमाण्डु दुवै क्षेत्रबाट चुनाव हारेका माधव नेपालले अहिले रौतहटको निर्वाचन क्षेत्र भने परिवर्तन गरेका छन् । गत संविधानसभा चुनावमा रौतहत–६ बाट चुनाव हारेका माधव नेपाल अहिले रौतहट–१ बाट चुनाव लडेका छन् । गत चुनावमा नेपालले माओवादीका देवेन्द्र पटेलस“ग एक हजार ३ सय ४७ र काठमाण्डुं–२ मा एमाओवादीका झक्कु सुवेदीस“ग एक हजार ५ सय ३३ मतले चुनाव हारेका थिए । रौतहट–१ मा माअ‍ोवादीका राजकिशोर यादव र काग्रेसका सन्तलाल साह नेपालस“ग प्रतिस्पर्धा गर्दैछन । एमाओवादीका उम्मेदवार यादव एमाले छाडी आएका हुन । आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गरेर आएका नेपालले आफुलाई उम्मेदवार हुनबाट बंचित गरेको भन्दै यादव एमाअ‍ोवादी प्रवेश गरेका थिए । एमालेको ठुलोपंक्ति सहित एमाओवादीमा आएका यादवकै कारण रौतहट–१ माधव नेपालका लागि निकै जटिल बनेको छ । गत चुनावमा जस्तै दुवै ठा“उमा हार खेप्ने भएपछि नेपालले स्थानीय प्रहरी र कर्मचारीस“ग सहयोग लिईरहेको माअ‍ोवादीको दावी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us