
नयाँ दिल्ली–भारतले शुक्रबार अग्नि १ नामको क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको छ । सो क्षेप्यास्त्र जमिनबाट जमिनमा हान्न सक्ने क्षमताको रहेको पनि समाचारमा जनाइएको छ ।
सो क्षेप्यास्त्र भारतीय पूर्वी राज्य ओडिसाको समुद्री किनारबाट परीक्षण गरिएको हो । यस विषयमा भारतीय सरकारको कुनै धारणा भने सार्वजनिक भइसकेको छैन ।
सो क्षेप्यास्त्रको क्षमताका बारेमा पनि सरकारले केही बताएको छैन । भारतले समय समयमा सो अग्नि नामका यस्ता छोटो दुरीमा मार हान्न सक्ने खालका क्षेप्यास्त्रहरु परीक्षण गर्ने गर्दछ । रासस/सिन्ह्वा