नेपालको चुनाव अनुगमनमा अमेरिकी पूर्व राष्ट्रपति र थाइल्याण्डका पूर्व प्रधानमन्त्री

काठमाण्डु टुडे २०७० कार्तिक २१ गते १६:५७ मा प्रकाशित

Jimmy-Carterकाठमाण्डु–मङ्सिर ४ गते हुन गइरहेको संविधानसभा निर्वाचनमा अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरले कार्टर सेन्टरको तर्फबाट अनुगमनको नेतृत्व गर्ने भएका छन् ।

यहाँस्थित कार्टर सेन्टरले बिहिवार विज्ञप्ति प्रकाशित गरी सेन्टरको तर्फबाट कार्टरले पर्यवेक्षणको नेतृत्व गर्ने जनाएको छ । कार्टर सेन्टरले मुलुकभर विभिन्न २७ मुलुकका ५० पर्यवेक्षकहरूलाई परिचालन गर्दैछ  । अघिल्लो संबिधानसभा निर्वाचनमा पनि कार्टर आफै अनुगमनमा आएका थिए ।

यस्तै निर्वाचनको पर्यवेक्षणमा थाइल्याण्डका पूर्व प्रधानमन्त्री डा सुराकिआर्ट साथिरथाईले अनुगमनको सहायक नेतृत्व सम्हाल्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us