बङ्गलादेशको अदालतद्वारा अमेरिकी र बेलायती नागरिकलाई मृत्युदण्डको सजाय

काठमाण्डु टुडे २०७० कार्तिक १७ गते १२:०५ मा प्रकाशित

ढाका, १७ कात्तिक–बङ्गलादेशको युद्ध अपराधसम्बन्धी एक अदालतले युद्ध अपराधको आरोपमा एकजना अमेरिकी र अर्का एक बेलायती नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
बङ्गलादेशमा सन् १९७१ मा भएको भनिएको युद्ध अपराधको विषयमा उनीहरु दोषी ठहरेको अदालतको फैसला छ । उनीहरुलाई झुण्डाएर मार्ने आदेश अदालतले गरेको हो ।
पाकिस्तानबाट अलग्गै हुनका लागि हालका बङ्गाली नागरिकहरुले गरेकोे युद्धको क्रममा पाकिस्तानी सरकार र सेनासँग मिलेर उनीहरुले पनि युद्ध अपराध गरेको आरोप थियो ।
सो आरोपको पुष्टि गर्दै उक्त अदालतले ती दुवै जनालाई मृत्युदण्डको सजाय दिन आदेश दिएको राजधानी ढाकाबाट विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसरी सजाय पाउने ती दुईजना नागरिकमा बेलायतका चौधरी मुयिन उद्दिन र अमेरिकाका आसरफउजमान खान रहेका छन् ।
ती दुवै जनालाई सो समयका पाकिस्तानमा युद्ध चलिरहेका बेला १८ जना बुद्धिजिवीलाई हत्या गरेको आरोप छ । ती बुद्धिजिवीले पाकिस्तानबाट बङ्गलादेश अलग बनाउने लडाईंमा सहयोग पु¥याइरहेका थिए ।
उनीहरु सो काण्डमा प्रत्यक्ष रुपमा दोषी पाइएकोले झुण्डाएर नमार्दासम्म न्याय हुने छैन– सो फैसला गर्ने एकजना न्यायाधीशले राजधानी ढाकामा सम्वाददाताहरुसँग भने । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us