काठमाण्डु– अमेरिकाका शोधकर्ताहरुको अनुसन्धानले घरमै २० मिनेटमा एचआइभी भाइरस टेस्ट गर्न सकिने पत्ता लगाएको छ । विशेषज्ञका एक समितिले भनेको छ कि ‘ओराक्किक इन हो’ नाम दिएको टेस्ट सुरक्षित तथा प्रभावकारी रहेको छ ।
२० मिनेटमा परिणाम बताउने यस टेस्ट पोजिटिभ रिजल्टका लागि ९३ प्रतिशत सही पाएको थियो जबकी नेगेटिभ मामलामा यो ९९.८ प्रतिशत सही छ । यसको संक्रमण रोक्ने क्षमता, गलत परिणाम आउने खतराभन्दा धेरै रहेको पनि बताइएको छ ।
यो टेस्टको अनुमति दिने कि नदिने भन्ने बारेमा यस वर्ष उपभोक्ता अधिकार बचाउ तथा खाद्य पदार्थ, औषधीको मानक तय गर्ने अमिरेकी संस्था फुड एयड ड्रग एडमिनिस्ट्रेसाले फैसला गर्नेछ । अमेरिकामा हरेक वर्ष ५०,००० नयाँ संक्रमित हुने गरेका छन् । अमेरिकामा हाल लभभग १२ लाख एचआइभी संक्रमित छन् ।