कुन–कुन नेताले असुरक्षित ठाने चुनावमा ?

काठमाण्डु टुडे २०७० कार्तिक ७ गते ६:०९ मा प्रकाशित

Leadersकाठमाण्डु, ७ कात्तिक–चुनावमा जित्न बिभिन्न योजना र कार्यक्रमका साथ राजनीतिक दलहरु प्रचार प्रसारमा सकृय भएका छन् । ति दलले उठाएका उम्मेदवारहरुको बारेमा पनि बिभिन्न टिकाटिप्पणी भैरहेको छ । फौजदारी अभियोग लागेका, दोहोरो नागरिकताको विवादमा परेका, भ्रष्टाचारमा मुछिएका र ‘डन’को उपमा पाएकाहरु पनि उम्मेदवार छन् । पार्टीमा योगदान नभए पनि शीर्ष नेताहरुसँगको निकटता र ‘पैसावाल’ भएकै कारण चुनावमा टिकट पाएको कुराले चर्चा पाएको छ यतिबेला ।

समानुपातिक निर्बाचन तर्फका उम्मेदवारहरुको बन्दसूची सार्बजनिक भएपछि त झन् बढी व्यक्ति–व्यक्तिको चर्चा छ । पहिलो संविधानसभा चुनावमा हारेका नेताहरु यसपाली समानुपातिकमा परेका छन् भने कतिपय जितेकाहरु पनि । अघिल्लो चुनावमा हारेकाहरु फेरि पनि हार्ने र जितेकाहरुले यसपाली नजित्ने ठानेर समानुपातिकमा अाफ्नो स्थान सुरक्षित गरेको टिकाटिप्णी हुने गरेको छ ।

एमाओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र साना दलका को–को नेता दाेहोरिए समानुपातिकमा ? हेरौं यो विवरण –

नेपाली काँग्रेसका दोहोरिएका नेताहरु
१.जगदीश्वरनरसिंह के.सी.
२.प्रदीप गिरी
३.मिनेन्द्रप्रसाद रिजाल
४.प्रकाशशरण महत
५.कमला पन्त
६.अम्बिका बस्नेत
७.धनराज गुरुङ
८.महेन्द्र यादव
९.रत्न शेरचन
१०.सीता गुरुङ
११.कविताकुमारी सरदार
१२.मिनाक्षी झा
१३.कल्याणीदेवी रिजाल
१४.कमला थापा
१५.डा. आरजु राणा देउवा
१६.मोहम्मद्दी सिद्दिकी
१७.उषा गुरुङ
१८.कृष्णा अमात्य
१९.ललिता किङरिङ मगर
२०.कल्पना सोप
२१.रुपा वि.क.
२२.लक्ष्मी परियार सेवा
२३.भोटनीदेवी खवास, लगायत

एकीकृत नेकपा माओवादीबाट
१.रामबहादुर थापा मगर
२.खिमलाल देवकोटा
३.दुर्गाकुमारी वि.क.
४.पदमलाल वि.क.
५.कालीबहादुर मल्ल
६.दिलिप महर्जन
७.अन्जना विशंखे
८.सुष्मा शर्मा घिमिरे
९.जुब्बा सौरेन
१०.कमला रोका
अघिल्लो चुनावमा प्रत्यक्ष अहिले समानुपातिकमा परेकाहरु

११.दिनानाथ शर्मा
१२.झक्कु सुवेदी
१३.पुरन राना थारु
१४.देवी खड्का
अरु पार्टीबाट एमाओवादीमा आएर समानुपातिकमा परेकाहरु
१५.लक्की शेर्पा
१६.ल्याहारकाल लामा
१७.महेन्द्र पासवान
१८.टासी स्हाङमो गुरुङसेनी
१९. विषमलाल अधिकारी दनुवार

एमालेबाट हारेकाहरु पनि समानुपातिकमा

१.विद्यादेवी भण्डारी
२.युवराज ज्ञवाली
३.भरतमोहन अधिकारी
४.प्रदीप नेपाल
५.पशुपति चौलागाईं

साना दलका ठूला नेता पनि समानुपातिकमा

१.सि पी मैनाली–नेकपा माले
२.कमल थापा–राप्रपा नेपाल
३.चित्र बहादुर केसी–राष्ट्रिय जनमोर्चा
४.अशोक राई–संघीय समाजवादी पार्टी
५.राजेन्द्र श्रेष्ठ–संघीय समाजवादी पार्टी
६.नारायणमान विजुक्छे–नेपाल मजदुर किसान पार्टी

७‍‍‍‍‍ महन्थ ठाकुर–तराई मधेस लोकतान्त्रिक पार्टी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us