
काठमाण्डु, ५ कात्तिक–समानुपातिक तर्फका उम्मेदवारहरुको बन्दसूची सच्याउन निर्वाचन आयोगले दिएको समयसीमा मंगलबार सकिदै छ । यसअघि दलहरुले पेश गरेको समानुपातिक तर्फका उम्मेदवारहरुको सूची फेरवदल गर्न आयोगले कात्तिक ५ गते मंगलबारसम्मको समयसीमा दिएको थियो ।
समय अभावका कारण दलहरुले हतार हतारमा सूची बुझाएका थिए । सो सूचीमा अधिकांश दलहरुमा असन्तुष्टि छ । विवाद कायमै रहेपछि सोमबारसम्म पनि दलहरुले सूची सच्याउन सकेका छैनन् ।
निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारहरुको वन्दसूची बुधबार सार्बजनिक गर्नेछ ।