
न्होमपेन्ह, ४ कात्तिक–कम्बोडियामा गत नौ महिनाभित्र मलेरियाबाट २९ हजार ६३१ व्यक्ति प्रभावित भएका छन । सो सङ्ख्या गत वर्षको तुलनामा ४६ प्रतिशतले घटेको हो । गत वर्ष सोही समयमा ५४ हजार चार सय ६४ व्यक्ति सो रोगबाट प्रभावित भएका थिए ।
कम्बोडियाको नेसनल सेन्टर फर मलेरियाले सोमबार सार्वजनिक गरेको तथ्याङकमा यसवर्ष गत जनवरीदेखि सेप्टेम्बर सम्म सो रोगबाट सात व्यक्तिको मृत्यु भएको छ । गत बर्ष सोही अवधिमा ३५ व्यक्तिको मृत्यु भएको थियो ।
कम्बोडिया सरकारले सन् २०१५ सम्ममा यस रोगबाट कोही व्यक्तिले पनि ज्यान गुमाउन नपर्ने र २०२५ सम्म सो प्रकोपको निवारण गर्ने लक्ष्य राखेको जनाइएको छ । रासस/सिन्ह्वा