विश्वकै सबैभन्दा पातलो फोन आयो

काठमाण्डु टुडे २०७० कार्तिक ४ गते ३:२७ मा प्रकाशित

Asend6काठमाण्डु । विश्वकै सबैभन्दा पातलो फोन भारतमा सार्बजनिक भएको छ । हुआवेईले एसेन्ड पी६ फोन सार्बजनिक गरेको हो । यो केबल ६.१८ मीमी मोटो छ । चीनको टेलीकम्युनिकेसन कम्पनि हुआवेईको यो फोन एप्पलको आइफोन ५ र अल्काटेलको वन आइडल अल्ट्रा भन्दा पनि पातलो छ । तर, वजनमा यो फोन अली गह्रुङ्गो छ । ब्याट्री सहित यसको तौल १२० ग्राम छ ।

कालो, सेतो र गुलाबी रंगमा उपलब्ध यो फोनको स्क्रीन साइज (डिस्प्ले) ४.७ इन्च छ । ३४ हजार ७३९ भारतीय रुपैयाँ मूल्य राखिएको फोनमा २ जीबी र्याम, ८ जीबी रोम, ४.२.२ जेली बीन अपडेटेड अपरेटिङ सिस्टम छ । १.५ जीएचजेड क्वाड कोर प्रोसेसर, ८ मेगापिक्सेल रियर क्यामरा, ५ मेगापिक्सेल फ्रन्ट क्यामरा, २००० एमएएच ब्याट्री र ३२ जीबी माइक्रो एसडी कार्ड पनि उपलब्ध छ ।

१२८०×७२० पिक्सेल रिजोलुशनका साथ आइपीएस डिस्प्लेले यसलाई खास बनाएको छ । कनेक्टीभिटीकालागि वाईफाई, ब्लुटुथ ३.० फोनमा उपलब्ध छ । यसकासाथै जीपीएसका साथ ग्लोनस सपोर्ट, माइक्रो यूएसबी पोर्ट र एफएम रेडियो पनि फोनमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us