कसरी राखिन्छ समुन्द्री आँधीको नाम

काठमाण्डु टुडे २०७० कार्तिक ३ गते ३:२५ मा प्रकाशित

Hurricaneकाठमाण्डु–पछिल्लो समय भारतमा आएको फियालिन नामको आँधीले नेपालमा समेत असर पुर्‍यायो । संसार भरिका विभिन्न समुन्द्रबाट हरेक वर्ष समुन्द्री आँधी आउने गर्छन् । समुन्द्री आँधीले विभिन्न किसिमका क्षति गरेका खबरहरु पनि आउँछन् । ठूलो वा सानो भौतिक क्षति त हरेका समुन्द्रि आँधीले ल्याउने गर्छ तर कतिपय ठूला आँधिहरुले ठूलो जन धनको क्षति पनि गर्छन् । यस्ता ठूलो क्षति गर्ने गरि आउने आँधीका कैटरिना, आईरिन, स्यान्डी, आईरिस, ईभान, ईसाबेल मिचेल जस्ता नामहरु हुने गर्छन् । भर्खैरै बंगालको खाडिबाट भारतको उडिसामा आएको आँधीलाई पनि फियालिन नाम दिईएको थियो । समुन्द्रमा आउने आँधीको नाम यसरी कुन आधारमा राखिन्छ त यो आम जिज्ञासाको विषय भएको छ ।

संसार भरिका समुन्द्रहरुमा एकै पटक कयौं आँधीहरु आईरहेका हुन सक्छ । ती अलग अलग आँधीलाई चिन्न अलग अलग नामहरु दिईएका हुन्छन् । आँधीहरुलाई यस्तो नाम दिने निकाय हो वल्र्ड मेट्रालोजिकल अर्गनाईजेशन । तर यो प्रचलन भने वल्र्ड मेट्रोलोजिकल अर्गनाईजेशन आफैले सुरु गरेको भने होईन ।  यस्ता नामहरु केहि सय वर्ष पहिलेदेखि नै राखिन थालिएका हुन् । यस्तो नाम अमेरिकी क्यारेबियन टापुका मानिसहरुले राख्न थालेका हुन् । आईरहने आँधीहरुलाई चिन्न उनीहरुले सुरु सुरुमा विभिन्न सन्तहरुका नाममा यस्ता समुद्री आँधीहरुका नाम राख्न थालेका हुन् । १३ सेप्टेम्बर १८ सय ७६ क्यारेबियन टापु पोर्टो रिकोमा समुद्री आँधी आएको थियो । जसको नाम त्यसबेला सान् फिलिप राखियो, त्यसपछि १९ सय २८ को सोहि मितिमा पनि सोहि ठाउँमा अर्को समुद्री आँधी आयो जसलाई सान् फिलिप दोस्रो नाम दिईयो । तर आधिकारिक रुपमा मौसम विभागले भने यस्तो नाम दिने गरेको थिएन । नाम दिन सुरु गरिँदा आँधी सुरु हुने स्थानको अक्षांश र देशान्तरको हिसाबमा आँधिको नाम राखिन्थ्यो । अक्षांश र देसान्तरको आधारमा आँधीलाई विभिन्न नाम दिईयो । जुन पछि गएर निकै असहज महसुस गरियो । आँधीलाई आजकलको जस्तो नाम दिन थालिएको ५० को दशकमा हो ।

सन् १९५३ यता अमेरिकाको नेशन वेदर सर्भिसले नौसेनाको मौसम विभागलाई पछ्याउँदै महिलाहरुको नाममा आँधीका नामहरु दिन थाल्यो । तर १९७९ पछि महिला नामको विकल्पमा पुरुष नाम पनि दिन थालियो । अहिले विश्वमा आउने आँधीहरुलाई नाम दिन विभिन्न छ वटा सूची बनाईएका हुन्छन् । एक वर्षमा एउटा सूची प्रयोग गरिन्छ । यस्तो सूचीमा वर्णानुक्रममा नामहरु राखिएका छुन्छन् । एक वर्ष प्रयोग भएको सूची अर्को वर्ष प्रयोग हुँदैन । तर ६ वर्ष पछि सोही सूची दोहोरिन्छ । यसरी सूची दोहोरिँदा ६ वर्ष पछि कुनै आँधीको नाम दोहोरिन पनि सक्छ । तर कुनै ठूलो आँधी जसले निकै विनास गर्छ त्यस्तो आँधीको नाम चाहि सूचीबाट हटाईन्छ र त्यसको ठाउँमा सूचीमा नयाँ नाम दिईन्छ । जस्तै प्रशान्त महासागरमा आएको एन्ड्र नामको विनासकारी आँधी अब कहिल्यै दोहोरिँदैन । किनकी आँधीहरुको सूचीमा एन्डुको नाम हटेर एलेक्स भई सकेको छ । त्यस्तै सन् २००४ को ईभान नामक आँधी २००५ को कैटरिना, २०११ को आईरिन, २०१२ को स्यान्डी पछिल्लो समय सूचीबाट हटिसकेका अब नदोहोरिने आँधी हुन् । यस्तो सूचीबाट नाम हटे पछि अर्को कुनै नामले त्यसलाई विस्थापित गर्छ । सायद उडिसामा आएको फियालिन आँधी जसले बेमौसमे वर्षाका रुपमा नेपालमा समेत असर गरेको थियो अब सम्भवतः दोहोरिने छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us