बिप्लवका दाई भन्छन–धेरै ठाउँको निर्वाचन अवरोध गर्न सक्छौ,भूमिगत जान तयार हुनु पर्छ

काठमाण्डु टुडे २०७० कार्तिक ४ गते १:५२ मा प्रकाशित

OLYMPUS DIGITAL CAMERAबिप्लव कस्तो मान्छे हो ?
हामी तीन भाईमा बिप्लव कान्छो हो । बचपनदेखि नै बिप्लव बिद्रोही स्वभावको मान्छे हो । हामी पढने वेलामा रोल्पाको सदरमुकाम लिवाङमा एउटा मात्रै माद्यामिक स्कूल थियो । हाम्रो गाउँ इरिवाङ रोल्पाको पश्चिमतिर पथ्र्यो । लिवाङ पुग्न धेरै हिडने मान्छेलाई एक दिन अन्यथा डेढ–दुई दिन लाग्थ्यो । पाँच कक्षासम्म गाउँमा पढ्यौ, हामी ६ कक्षादेखि पढन लिवाङ आउनु पथ्र्यो । लिवाङ आउँदा दुवै भाई जय र नेत्रबिक्रमको अविभावकत्व मैले नै ग्रहण गर्नु पथ्र्यो । गाउँबाट मकै बोकेर ल्याइन्थ्यो । त्यहि पिसेर पकाइ खाने र पढने गरिन्थ्यो । ०३५ सालमा एसएलसी दिएर मैले लिवाङ छोडे । ०३६ सालमा कम्युनिष्ट बिद्यार्थी संगठनमा सहभागी भएर आन्दोलनमा लागे । उनीहरुले पनि मेरै बाटो पछयाए । उनीहरु पनि संगठनमा संगठित भए । बिद्यार्थी संगठनमा नै मैले पूर्णकालीन कार्यकर्ता भएर काम गरेको हुँ । बिप्लव पहिलेदेखि नै अन्याय अत्याचार नसहने,सबै हिसावले मेहनत गर्ने बिद्रोही स्वभावको मान्छे हो ।
बिप्लव पढाईमा कस्तो हुनुहुन्थ्यो ?
पढाईमा मध्यम खालको बिद्यार्थी हो । राजनीतिमा लागेको हुनाले धेरै राम्रो पनि थिएन,फेल हुने गरी नराम्रो पनि थिएन ।
बिप्लवको एसएलसी कति सालमा हो ?
बिप्लवले ०४१/०४२ सालतिर लिवाङबाट एसएलसी पास गरेको हो । म सात कक्षामा पढदा उनीहरु तीन कक्षामा पढथे । प्युठानदेखिका बिद्यार्थीहरु हामीले पढेको बालकल्याण व्यवसायिक माद्यामिक बिद्यालय लिवाङमा एसएलसी दिन आउँथे । मैले चाहि बागदुलाबाट एसएलसी दिएको हुँ ।
बिप्लवको जीवनसँग जोडिएको तपाइका अविश्मरणीय क्षण छन ?
लालबहादुर बिश्वकर्मा र बिप्लव १० कक्षामा पढने वेलामा लिवाङ छोडेर रोल्पाकै जुँगारमा पढन गएछन । जुँगारबाट हाम्रो घर इरवाङ पुग्न एक दिन लाग्थ्यो । बिप्लवलाई एलर्जी भएछ । शरिरै पाकेछ । शिक्षकले खवर पठाए । म जाँदा खान र बोल्न पनि नसक्ने भएको रहेछ । सबैतिर पाकेको रहेछ । बोकेर घोराही ल्याए । त्यतिवेला त्यहाँ मात्र अस्पताल थियो । तुल्सीपुरमा पनि अस्पताल थिएन । १५ दिन जति उपचार गरेपछि बल्ल सञ्चो भयो,अनि लिएर गए । बिप्लवले एक बर्ष जुँगारमा पढेर फेरी लिवाङमा पढेको हो । लिवाङबाट एसएलसी पास गरेपछि काठमाडौको ल क्याम्पसमा पढन आएको हो ।
बिप्लवले पार्टी बाहिरका युवाहरुलाई आकर्षित गराउन सके जस्तो लाग्छ कि लाग्दैन ?
अभ्यासमा नगइकन मानिस आकर्षित हुदैनन ।
तपाईहरु तीन भाई नै राजनीतिमा हुनुहुन्छ । बिप्लव अहिलेको राजनीतिको निर्णायक ठाउँमा हुनुहुन्छ,यसलाई तपाई कसरी लिनु हुन्छ ?
हाम्रो परिवार राजनीतिबाट अगाडि बढने क्रममा हामी धेरै चीजबाट गुज्रनु परेको छ । दुई वटा बिचारको प्रतिनिधित्व गर्ने धारा नेपालमा देखिएको छ । एउटा संसदीय र आत्मसमर्पणवादी धारा,जसको नेतृत्व एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले गर्छन अर्को क्रान्तिकारी,राष्ट्रवादी,प्रगतिशिलको धारा नेतृत्वमा मोहन बैद्य किरण,बिप्लव र हामी छौ । क्रान्तिकारी बिचारको पक्षपोषण गरी बहसमा लैजान बिप्लवको महत्वपूर्ण भूमिका भएकोले चर्चा,बहसमा आएको हो ।
तपाईको पार्टीमा अध्यक्ष मोहन बैद्य संबिधानसभा निर्वाचनलाई उपयोगको पक्षमा र बिप्लव निर्वाचनको सशक्त बहिस्कारको पक्षमा देखिनुको कारण के होला ?

मिडियामा आए जस्तो होइन । पोखरा केन्द्रीय समितिको बैठकले एकमतले गरेको निर्णय हो । त्यतिवेला राजनीतिक प्रतिवेदन किरणले नै पेश गर्नु भएको थियो । त्यहाँ चुनावलाई उपयोग गर्ने भन्ने कहि कतै उल्लेख छैन । जोड कोणमा अलिअलि बहस छलफल त हुने भइहाल्यो । पार्टी भित्र चुनाव उपयोग गरेर जानुपर्छ भन्ने कसैको मत छ जस्तो लाग्दैन । पार्टी लाइन भन्दा बाहिर गएर कोही चल्न पनि सक्दैन ।
एक थरी नेताहरु पोखरा बैठकले निर्वाचन बहिस्कार र उपयोग दुवै बाटा खुला गरेको बताउँछन नी ?
गोलमेचसभाबाट राजनीतिक सहमति भएमा ११ बुँदे र २५ बुँदे खारेज गरेर राजनीतिक दलको नेतृत्वमा सरकार बनाउने अवस्था र संबिधानका अन्तरबस्तुमा राजनीतिक सहमति गरेर अगाडि बढने हो भने निर्वानमा जान सकिन्छ । सहमति नगरी गरिने निर्वाचनको कुनै अर्थ छैन । नत्र भने फेरी पनि संबिधानसभा भंग हुन्छ । मुलुक फेरी अर्को स्थानमा पुग्छ ।OLYMPUS DIGITAL CAMERA
तपाईहरु रोल्पाबाट कहिले कपिलवस्तु बसाई सर्नु भयो ?
२०४५ सालमा रोल्पाको इरिवाङ गाविसको केउरीबाट कपिलबस्तुको शिवगढीमा आएका हौ । हामी तीन भाई छौ । तत्कालीन संयुक्त जनमोर्चा नेपालका तर्फबाट ०४९ सालमा शिवगढी गाविसको अध्यक्ष निर्वाचित भए ।
त्यतिवेला निर्वाचन उपयोग गर्नु भयो अहिले किन बहिस्कार गर्दै हुनुहुन्छ ?
त्यतिवेला नेपालमा भर्खरै बहुदल आएको थियो । अव जनताले चाहेको कानुनी व्यवस्था हुन्छ,जनताले सुख र राहतको अनुभुति गर्छन भन्ने थियो । त्यो वेला निर्वाचन बहिस्कार गर्दा हाम्रो राजनीति जनतामा पुग्न सक्दैनथ्यो । हामी जनताबाट कटन सक्थ्यौ । त्यसकारण त्यतिवेला हामीले निर्वाचनमा भाग लिनै पथ्र्यो,जतिवेला जनताले चुनावबाट राहतको अपेक्षा गरेका थिए । त्यसैकारणले त्यतिवेला निर्वाचनमा भाग लिइयो । पहिलो संबिधानसभा निर्वाचनमा आम जनताको मनोभाव थियो । त्यतिवेला आम मान्छेले अव नेपालमा आमूल परिवर्तन हुन्छ भन्ने सोचेका थिए  । नेपालमा मौलिक प्रकारको संबिधान बन्छ भन्ने जनताको आशा र अपेक्षा थियो । त्यतिवेला सबै जनता समेटिएका थिए । अहिले संबिधानसभाको दोस्रो निर्वाचनको औचित्य छैन । पहिलो संबिधानसभाबाट संबिधान बन्न नसक्नुका कारणको समीक्षा गरेर आम राजनीतिक सहमति नगरीकन संबिधानसभाको औचित्य छैन । त्यसकारण यसमा सहभागी हुदैनौ ।
कस्तो बहिस्कारको तयारीमा हुनुहुन्छ ?
पोखरा बैठकको निर्णय अनुसार संबिधानका अन्तरबस्तुमा सहमति भएमा हामी संबिधानसभा निर्वाचनमा जान तयार छौ,त्यसो भएन र बल प्रयोग गर्न थालियो भने हामी सशक्त बहिस्कार गर्छौ । त्यहि तयारीमा छौ ।
सशक्त बहिस्कार गर्दा राज्यले कार्वाही गर्दा त्यसको प्रतिरोध गर्ने केहि तयारी छ ?
हामीले जनतालाई आब्हान गछौ,त्यसको जनताले प्रतिरोध गर्छन । त्यसको नेतृत्व हामीले गर्छौ । निर्वाचन बहिस्कार किन भन्ने बिषयलाई हामीले आम जनताको वीचमा पुरयाएका छौ । संबिधानका अन्तरबस्तुमा केहि न केहि सहमति नभइकन संबिधान बन्न सक्दैन भन्ने विगतको यथार्थले गर्दा निर्वाचन अघि राजनीतिक सहमति आवश्यक छ भन्ने धारणा जनताको छ ।
सशक्त बहिस्कार गर्दा दुवै तर्फबाट बल प्रयोग होला,त्यस्तो अवस्थामा तपाईहरु भूमिगत हुने अवस्था आउला त्यसका लागि तयार हुनुहुन्छ ?
राज्यसँग कानुन पुलिस हुन्छ । बल उसले प्रयोग गर्छ । बल प्रयोग गर्दा हुने क्षतिको जिम्मेवार राज्य नै हुन्छ । त्यस्तो अवस्थामा जनताको हीतको निम्ति भूमिगत जान हामीलाई बाध्य बनाइएछ भने त्यसका लागि हामी तयार हुनु पर्छ । एक पटक फेरी बलिदानीका लागि तयार हुनु पर्छ भन्ने हाम्रो मान्यता छ ।OLYMPUS DIGITAL CAMERA
पार्टी बिभाजनपछि कपिलबस्तुको अवस्था कस्तो छ ?
साँगठनिक हिसावले हामी मजबुत छौ । त्याग र बलिदान गर्न सक्ने नैतिकवान र इमान्दार कार्यकर्ता हामीसँग बहुमत छन । गुणस्तरको हिसावले हाम्रो राम्रो छ । जनयुद्धकालीन कार्यकर्ता हामीसँग छन । पछिल्लो समयमा प्रवेश गरेका कार्यकर्ता अर्कोतिर गएका छन ।
निर्वाचन हुँदा तपाईहरुले सशक्त रुपमा बहिस्कार गरी रोक्न सक्ने अवस्था हुन्छ ?
राज्यले चुनाव गराउन सक्छ । ०३६ सालको जनमत संग्रहमा जंगलमा छाप लगाएर ल्याएका हुन । ०५६ सालमा हामी जनयुद्धमा रहेको वेलाको निर्वाचनमा काँग्रेस एमालेले गाविसमा नपुगीकन छाप लगाएर मतपरिणाम घोषणा गरेका हुन । साँच्चै गाविसमै निर्वाचन गर्ने हो भने सबै ठाउँमा त भन्न सकिन्न तर धेरै ठाउँमा अवरोध गर्न सक्छौ ।
तीन वटा घेरामा सुरक्षा निकाय परिचालन गर्ने सरकारको तयारी छ,त्यस्तो अवस्थामा रक्तपातपूर्ण अवस्था आउला नी ?
सकेसम्म हामीले शान्तिपूर्ण रुपमा समस्याको निकास खोजेका छौ । हाम्रो मागको सुनुवाई नगरी राज्य त्यसरी आयो भने त्यतिवेला नयाँ योजना अनुसार अगाडि जान्छौ । राज्य कसरी प्रस्तुत हुन्छ त्यसको प्रतिरोध गर्ने खालको योजना हामी बनाउँछौ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us