सिरियामा कारबम विस्फोटमा २७ को मृत्यु

काठमाण्डु टुडे २०७० असोज २९ गते ८:५५ मा प्रकाशित

काठमाण्डु, २९ असोज–सिरियाको उत्तरपश्चिम प्रान्त इद्लिबमा भएको शक्तिशाली कारबम विस्फोटन हुदा २७ जनाको मृत्यु भएको छ ।
विस्फोटनमा कयौं  सङ्ख्यामा घाइते भएका अन्र्तराष्टिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सिरियामा जारी संक्रमणकालको सुरक्षित अवतरण सम्बन्धमा निकट भविष्यमा शान्ति वार्ताको लागि अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना  गर्ने संयुक्त राज्य अमेरिकाको पहल भईरहेकै अवस्थामा पुनः आक्रमण भएको जनाइएको छ ।
इद्लिब प्रान्तको डाकुस क्षेत्रमा भएको विस्फोटनमा कम्तीमा तीन बालबालिका सहित २७ भन्दा बढीको मृत्यु भएको बेलायतसँगआवद्ध सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएइको छ ।
आक्रमणमा घाइते भएका धेरैको अवस्था गम्भीर भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने समेत समाचारमा जनाइएको छ । आक्रमण विद्रोहीको बलियो प्रभाव रहेको टर्कीको सीमाक्षेत्र नजिकै पर्ने स्थानमा भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us