महिलाको टाउको ढाक्ने विषयमा नरम हुन प्रहरीलाई राष्ट्रपति रोहानीको आग्रह

काठमाण्डु टुडे २०७० असोज २३ गते १६:५४ मा प्रकाशित

hasan-rouhanuतेहरान, २३ असोज–राष्ट्रपति हसन रोहानीले इरानी प्रहरी महिलाले उनीहरूको शरीर ढाक्नुपर्ने कानुन लागु गर्ने विषयमा नरम हुनुपर्ने बताएका छन ।
बुधबार व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति रोहानीले जुन महिनामा भएको राष्ट्रपति पदको निर्वाचनमा बढी सामाजिक स्वतन्त्रताको बचन दिएका थिए । त्यहि बचन पालना गर्दै राष्ट्रपति रोहानीले त्यस्तो धारणा व्यक्त गरेको रुपमा अथ्र्याइएको छ । सोही बचनका कारण उनले राष्ट्रपति निर्वाचनमा आश्चर्यजनक रूपमा विजय हासिल गरेका थिए ।
सुधारवादी राष्ट्रपतिले प्रहरी प्रतिष्ठानमा नवस्नातकलाई बुधवार सम्बोधन गर्दै यदि टाउको तथा शरीर ढाक्ने हिजाब लगाउनु आवश्यक छ भने प्रहरीले उक्त कुरा उपलब्ध गराउनुपर्ने बताए ।
महिलाले प्रहरीको उपस्थितिमा आफूलाई सुरक्षित तथा सजिलो महसुस गर्न पाउनुपर्ने राज्यको सिद्धान्त भएको पनि उनले बताए ।
धार्मिक संस्थाहरूले लुगाका विषयमा विरोधाभाषयुक्त अवस्था देख्नुभन्दा यस्ता कुरालाई बढी आधारभूत पाइलाको रूपमा लिनुपर्ने बताए । यी कुरा विद्यालय, उच्चमाध्यमिक विद्यालय, विश्वविद्यालय तथा मस्जिदमा सिकाइनुपर्ने उनले बताए ।
इरानमा इस्लामी लुगासम्बन्धी वाध्यात्मक संहिता अनुसार महिलाले खुट्टादेखि ठाउकोसम्म ढाक्नुपर्छ । यो कानुन पालना नगर्नेलाई पक्राउ गर्न र दण्ड दिनसकिन्छ । इरानको प्रहरी सेवामा ‘‘नैतिकता’’ हेर्ने शाखा पनि छ जसले महिला सडकमा उपस्थित हुँदा उनीहरूले इस्लामी कानुन अनुसारको लुगा लगाएका छन् वा छैनन भनी हेर्ने गर्छ ।
राष्ट्रपति रोहानीले केही सामाजिक मुद्दा इरानको कमजोर अर्थतन्त्रका कारण देखिएको बताए । इरानको पारमाणविक आकाँक्षाको विरोधमा अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण यस्तो अवस्था आएको बताइएको छ ।
राष्ट्रपति रोहानीले समाजमा शुद्ध शारीरिक सम्बन्ध तथा नैतिकता कायम गर्न गरिबी र बेरोजगारी हटाउनु पर्ने बताए ।
मृदुभाषी राष्ट्रपति रोहानीलाई सुधारवादी, नरमपन्थी तथा केही परम्परावादीको पनि समर्थन प्राप्त छ । उनले इस्लामी गणतन्त्रमा थप सांस्कृतिक तथा समाजिक सुधारका लागि अभियान सञ्चालन गरेका छन । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us