मुसाको पिसाबले लियो ६ जनाको ज्यान

काठमाण्डु टुडे २०७० असोज २३ गते ७:१७ मा प्रकाशित

मनिला, २३ असोज–मुसाको पिसाब पानीमा मिसिएपछि त्यसको सङ्क्रमणका कारण फिलिपिन्सको उत्तरी क्षेत्र निकै तनावग्रस्त बनेको छ ।
हालैको बाढीका कारण घरहरु भत्किएर स्थानीय संरचनाको क्षति भएपछि त्यहाँ रहेका मुसा पनि बाढीमा मिसिएका र ती मुसाको पिसाबबाट पानीमा सङ्क्रमण भएको अस्पतालले जनाएको छ ।
उक्त पानीमा मिसिएको पिसाबको किटाणुबाट उक्त क्षेत्रका अस्पतालमा कम्तीमा पनि छ जनाको ज्यान गएको छ ।  अस्पतालले सोही सङ्क्रमणबाट निधन भएको पुष्टि गरेको छ । सो क्षेत्रका करिब १३२ जना व्यक्ति सोही सङ्क्रमणबाट अस्पताल भर्ना भएका छन । उक्त पिसाबका कारण लेप्टोस्पीरोसिसको सङ्क्रमण भएको चिकित्सकहरुले बताएका छन् । स्वास्थ्य अधिकारीहरुले स्थानीय अस्पतालहरुमा यसको सङ्क्रमणका बिरामीहरु दिनहुँ आउने गरेको पाएको पनि बताएका छन् । ‘यो खासगरी सहरी क्षेत्रमा जनावरको पिसाबका कारण हुने र ब्याक्टेरियाबाट हुने सङ्क्रमण हो’ चिकित्सकहरुले भने ।
‘हामीले उक्त सङ्क्रमण फैलिइरहेको क्षेत्रका अस्पतालहरुमा थप चिकित्सक र स्वास्थ्यकर्मीहरु पठाइरहेका छौँ र केही दिनमै स्थिति नियन्त्रणमा आउने अपेक्षा गरिएको छ’स्वास्थ्य मन्त्रालयका एकजना अधिकारीले भने ।     यो सङ्क्रमण देखिएपछि अधिकांश स्थानीयवासीहरुले आफै उपचार गराएका र सिकिस्त अवस्था पछिमात्र अस्पताल पु¥याउने गरिएकोले पनि कतिपयको ज्यान गएको उनीहरुको दाबी छ ।
यस सङ्क्रमणको समयमै उपचार नगरेमा यसबाट मिर्गौलाले काम गर्न छोड्ने र अनियन्त्रित ज्वरो आउने लक्षणहरु देखिने पनि चिकित्सकहरुले बताएका छन् । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us