काँग्रेस–एमालेले संयुक्त रुपमा कस-कसलाई जिताउँदैछन् ?

काठमाण्डु टुडे २०७० असोज २२ गते ११:११ मा प्रकाशित

काठमाण्डु–काँग्रेस र एमालेले आ–आफना पार्टीका वरिष्ठ नेतालाई जिताउने रणनीति बनाएको खुलासा भएको छ । आ–आफनो रणनीति अनुसार एउटा पार्टीका बरिष्ठ नेताले उम्मेदवारी दिएको निर्वाचन क्षेत्रमा अर्को पार्टीले कमजोर उम्मेदवार उठाएको खुलासा भएको छ ।
su-jnएमाले मुख्यालय बल्खु स्रोतका अनुसार यसअघि भएको ‘भद्र सहमति’ अनुसार नै दुई पार्टीले वरिष्ठ नेता उठाएको ठाँउमा कमजोर प्रत्यासी खडा गरेका हुन् ।
एमाले अध्यक्ष झलनाथ खनालले उम्मेदवारी दिएको इलाम–१ मा काग्रेसले हिमाल कर्माचार्यलाई प्रत्यासी बनाएको छ । कांग्रेस महासमिति सदस्य कर्माचार्य दुईपटक इलाम कांग्रेसका सभापति भएका व्यक्ति हुन् । ०४३ देखि ०४६ सम्म इलाम नगरपालिकाको मेयर भएका कर्माचार्यले पहिलोपटक संविधानसभा निर्वाचनमा उम्मेदवारी दिएका हुुन् । कर्माचार्य झलनाथका अगाडि धेरै कमजोर उम्मेदवार हुन् । एमाअ‍ोवादीले भने युवा नेता युवराज Madhav-Nepalपौडेललाई प्रत्यासी बनाएको छ।
गत संविधानसभामा एमाले अध्यक्ष खनालले १७ हजार ६ सय ५५ मतले निर्वाचित भएका थिए भने कांग्रेसका बेनुपराज प्रसाईं १३ हजार सात सय ७४ मतका साथ प्रतिद्धन्दीका रुपमा आएका थिए ।
एमाले अध्यक्ष खनालले रोजेको अर्को क्षेत्र सर्लाही–१ मा कांग्रेसले सुशीला कार्कीलाई अगाडि सारेको छ । कांग्रेस जिल्ला सदस्य कार्की नेविसंघ हुँदै पार्टीको जिम्मेवारीमा आएकी हुन् । गत संविधानभामा पनि उनी यही क्षेत्रबाट उम्मेदवार बनेकी थिइन् । अघिल्लो संविधानसभा निर्वाचनमा कार्की चौथो नम्बरमा थिइन् भने एमालेका प्रकाश पाख्रिन १२ हजार सात सय २६ मत ल्याएर विजयी भएका थिए ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उम्मेदवारी दिएको काठमाण्डु–२ मा काँग्रेसले कमजोर उम्मेदवारको रुपमा प्रतिमा गौतमलाई खडा गरेको छ । नेविसंघकी पूर्वमहामन्त्री गौतम कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री प्रकाशमानसिंहको लविङमा उम्मेदवार भएकी हुन् । क्षेत्रीय समितिको सिफारिसलाई बेवास्ता गर्दै गौतमलाई उम्मेदवारी दिइएपछि क्षेत्रीय समितिले उनलाई बहिष्कार गर्ने चेतावनी दिएको छ ।

sher_Bahadur_Deuba उनी काठमाण्डु–४ की बासिन्दा हुन् । काठमाण्डु–२ मा एमाले नेता नेपाललाई जिताउने मनसायका साथ काँग्रेसले कमजोर उमेदवार खडा गरेको स्रोतको दावी छ । एमाओवादीले भने लिलामणि पोखरेललाई उम्मेदवार बनाएको छ । अघिल्लो संबिधानसभा निर्वाचनमा एकीकृत माओवादीका झक्कुप्रसाद सुवेदी १३ हजार आठ सय ५८ मत ल्याएर विजयी भएका थिए भने एमालेका माधवकुमार नेपाल १२ हजार तीन सय २५ मत ल्याएर दोस्रो स्थानमा आएका थिए । कांग्रेसका दीपकप्रसाद कुइ“केल ११ हजार पा“च सय ४४ मत ल्याएर तेस्रो स्थानमा थिए ।
माधवकुमार नेपालको अर्को क्षेत्र रौतहट–१ मा पनि काग्रेसले कमजोर उम्मेदवार खडा गरेको छ । कांग्रेसले महासमिति सदस्य सन्तलाल साहलाई प्रत्यासीका रुपमा खडा गरेको छ । साह मजदुर पृष्ठभूमिबाट राजनीतिमा आएका हुन् । सुगर फ्याक्ट्रीमा काम गर्दादेखि उनी काँग्रेस निकट मजदुर संगठनमा आबद्ध थिए । सो क्षेत्रमा अघिल्लोपटक कांग्रेस चौथो भएको थियो । गत संविधानसभा निर्वाचनमा स्वतन्त्रबाट उठेका बबन सिंह नौ हजार दुई सय एक मत ल्याएर विजयी भएका थिए । एमाओवादीले अहिले राजकिशोर यादवलाई अगाडि सारेको छ ।
उता एमाले स्थायी समिति सदस्य केपी शर्मा ओलीको क्षेत्र झापा–७ मा पनि काग्रेसले सुरेश सुब्बालाई कमजोर उम्मेदवार रुपमा खडा गरेको छ । विद्यार्थी राजनीतिबाट कांग्रेसमा सक्रिय हुँदै महासमिति सदस्य सुब्बा पहिलो पटक उम्मेदवार बनेका हुन् । एमाओवादीले भने गोपाल किराँतीलाई प्रत्यासी बनाएको छ । सो क्षेत्रमा गत संविधानसभा निर्वाचनमा एमाओवादीका विश्वदीप लिङदेन लिम्बू १६ हजार ९९ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका महेन्द्रकुमारी सुब्बा ११ हजार ६ पा“च मत ल्याएर तेस्रो स्थानमा थिइन ।
एमाले उपाध्यक्ष वामदेव गौतमले उम्मेदवारी दिएको प्युठान–१ मा पनि काँग्रेसले कमजोर उम्मेदवार हुकुमबहादुर बिष्टलाई उम्मेदवार बनाएको छ । कांग्रेस महासमिति सदस्य विष्ट ०५६ पछि कांग्रेसमा सक्रिय भएका हुन् । उम्मेदवारी बन्न पाउने भएपछि शिक्षकबाट राजीनामा दिएका बिष्टलाई दिइएको उम्मेदवारी ०५६ को आमनिर्वाचनमा २१ दिनपछि खोसिएको थियो । सो क्षेत्रमा एमालेले चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चासँग तालमेल गर्ने तयारी गरेको छ । यो क्षेत्रमा एमाओवादीले नवराज सुवेदीलाई प्रत्यासी खडा गरेको छ । अघिल्लो चुनावमा एमाओवादीका दीपकबहादुर केसीले १२ हजार आठ सय ५७ मत ल्याएर विजयी भएका थिए ।
वामदेव गौतमले उम्मेदवारी दिएको बर्दिया–१ मा पनि काग्रेसका प्रभावशाली उम्मेदवार छैनन् । कांग्रेसले महासमिति सदस्य भुवनेश्वर चौधरीलाई उम्मेदवार बनाएको छ । एमाओवादीले भुवनकुमार थारूलाइलाई उम्मेदवारका रुपमा खडा गरेको छ । गत संविधानसभा निर्वाचनमा एमाओवादीकी bamdevसरला रेग्मी १७ हजार नौ सय ५५ मत ल्याएर विजयी भएकी थिइन् । कांग्रेसकी मालती सोडारीले ६ हजार आठ सय ३१ मत ल्याएर तेस्रो स्थानमा थिइन ।
उता कांग्रेस सभापति सुशील कोइरालाले उम्मेदवारी दिएको क्षेत्र बा“के–३ मा पनि एमालेले कमजोर उम्मेदवार खडा गरेको छ । एमालेले विजया धिताललाई  उम्मेदवार रुपमा प्रस्तुत गरेर कोइरालालाई सजिलो बनाइदिएको छ । एमाले जिल्ला कमिटी सदस्य धिताल बा“के ३ नंम्बर क्षेत्रकी इन्चार्ज हुन् । महिला संगठनमा काम गरेकी धिताल अनेमसंघको अञ्चल सदस्य छिन । एमाओवादीका दामोदर आचार्य छन् । अघिल्लो संविधानसभा निर्वाचनमा फोरम नेपालका सर्वदेव ओझा १४ हजार नौ सय मत ल्याएर विजयी भएका थिए । कांग्रेसका सुशील कोइराला पा“च हजार नौ सय ६९ मत ल्याएर तेस्रो स्थानमा थिए ।
सुशील कोइरालाले उम्मेदवारी दिएको अर्को क्षेत्र चितवन–४ मा पनि एमालेले कमजोर उम्मेदवार खडा गरेको छ । एमाओवादीका चित्रबहादुर श्रेष्ठ उम्मेदवार रहेको सो क्षेत्रमा एमालेकी दिलकुमारी (पार्वती) रावल उम्मेदवार बनेकी छिन । चितवन जिल्ला कमिटीकी सहसचिव रावललाई जिल्लामा चर्चित महिला नेतृका रूपमा लिइन्छ । गत संविधानसभा निर्वाचनमा एमाओवादीका चित्रबहादुर श्रेष्ठ २३ हजार नौ सय ४२ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका टेकप्रसाद श्रेष्ठ १८ हजार ९० मत ल्याएर दोस्रो स्थानमा थिए भने एमालेकी दिलकुमारी रावल (थापा) ६ हजार एक सय ४० मत ल्याएर तेस्रो स्थान थिइन ।
काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाको क्षेत्र डडेल्धुरामा पनि एमालेले कमजोर उम्मेदवार खडा गरेको छ । एमालेले अगाडि सारेका उम्मेदवार Ramchandra-Paudelडडेल्धुराका जिल्ला अध्यक्ष ताराप्रसाद जोशी राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुन् । सानैदेखि पार्टीमा संगठित भएका उनी बीचमा पढाइका लागि राजनीतिमा निष्क्रिय थिए । जहाँ एमाओवादीका माओवादीका केन्द्रीय सदस्य तथा सेती–महाकाली राज्य संयोजक खगराज भट्ट उम्मेदवारका रुपमा अगाडि आएका छन । जनयुद्धकालदेखि नै सोही क्षेत्रमा खटिरहेका खगराज भट्ट त्यस क्षेत्रका चर्चित युवा उम्मेदवार पनि हुन । गत संविधानसभा निर्वाचनमा कांग्रेसका शेरबहादुर देउवा २० हजार पा“च सय २९ मत ल्याएर विजयी भएका थिए । एमाओवादीका खगराज भट्ट १९ हजार एक सय ६१ मत ल्याएर दोस्रो स्थानमा र एमालेका विक्रमबहादुर शाही सात हजार नौ सय ८२ मत ल्याएर तेस्रो स्थान थिए ।
शेरबहादुर देउवाको अर्को निर्वाचन क्षेत्र कैलाली–६ मा  एमालेले खडा गरेका उम्मेदवार महेश्वर पाठक पनि चर्चित अनुहार होइनन । अञ्चल सचिव पाठक राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुन् । ०५१ मा सांसद भएका उनी शिक्षकबाट सक्रिय राजनीतिमा आएका व्यक्ति हुन् । अघिल्लो संबिधानसभा निर्वाचनमा १४ हजार आठ सय २६ मत ल्याएर विजयी भएकी लिला भण्डारीलाई एमाओवादीले उम्मेदवारका रुपमा अगाडि सारेछ । अघिल्लो निर्वाचनमा एमालेका दीपकप्रसाद देवकोटा नौ हजार तीन सय १५ मत ल्याएर तेस्रो स्थानमा आएका थिए ।
KP-Oliउता काँग्रेस उपसभापति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र तनहुँ–२ मा पनि एमालेले संगठित सदस्य कृष्णकुमार श्रेष्ठलाई उम्मेदवारको रुपमा प्रस्तुत गरेको छ । अघिल्लो संविधानसभा निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेल १८ हजार नौ सय ७० मत ल्याएर विजयी भएका थिए । माओवादीका डम्बरबहादुर विश्वकर्मा ११ हजार ५० मत ल्याएर दोस्रो स्थानमा र एमालेका प्रतापलाल श्रेष्ठ आठ हजार आठ सय ९२ मत ल्याएर तेस्रो स्थानमा थिए ।
काँग्रेस महामन्त्री प्रकाशमान सिंहको निर्वाचन क्षेत्र काठमाण्डु–१मा एमालेले कमजोर उम्मेदवार खडा गरेको छ ।

prakash man singनायक भुवन केसीलाई उम्मेदवार बनाउने प्रचार गरेको एमालेले कमजोर उम्मेदवारको रुपमा बिद्या न्यौपानेलाई खडा गरेको छ । केसीलाई समानुपातिक प्रणालीबाट सभासद बनाउने आश्वसन दिएर प्रत्यक्ष तर्फबाट उमेदवारी दिनबाट रोकिएको थियो । एकीकृत माओवादीले भने पार्टी अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहाललाई उम्मेदवार रुपमा प्रस्तुत गरेको छ । सरल र इमान्दार छवी बनाएकी रेणुले काँग्रेस महामन्त्री सिंहसँगको प्रतिस्पर्धालाई चुनौतीका रुपमा लिएको बताइन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us