
चीनको वातारणीय संरक्षण मन्त्रालयबाट प्राप्त जानकारीअनुसार, हाल चीनले क्रमश: वातावरण र वायुको गुणस्तरको अनुगमन तथा जाँचबुझ सञ्जाल र पूर्व-चेतावनी प्रणालीको स्थापना गर्नुका साथै यसलाई थप पूर्णता दिलाइरहेको छ। साथै गम्भीर प्रदूषित मौसमको सामना गर्नका लागि चीनले “शहरी वायुको गम्भीर प्रदूषण सम्बन्धी आपतकालीन निर्देशिका”लाई पनि सार्वजनिक गरेको छ। यसबाहेक, चीनले “पैचिङ्ग, थेन चिन र ह पै तथा वरिपरि क्षेत्रको गम्भीर प्रदूषित मौसम सम्बन्धी आपतकालीन कार्य-योजना”को पनि तर्जुमा गरेको छ।
वातावरणीय संरक्षण मन्त्रालयले गम्भीर प्रदूषित मौसमको सामना गर्नका लागि केही प्रस्ताव प्रस्तुत गरेको छ। ती प्रस्तावमध्येको एक, अनुगमन र जाँचबुझको पूर्व-चेतावनी प्रणालीको स्थापना गरी छिटोभन्दा छिटोगरी अनुगमन तथा जाँचबुझको नतिजालाई सार्वजनिक गर्नुपर्छ। दुई, आपतकालीन योजनालाई पूर्णता दिलाएर ठोस जिम्मेवारीलाई व्यवहारमा उतार्नुपर्छ। तीन, गम्भीर प्रदूषित मौसमको स्तर बमोजिम सक्दो छिटोगरी आपतकालीन योजनाको आरम्भ गर्नुपर्छ। Source CRI