पाँच रुपैयाको मतपत्रमा ६३५२ उम्मेदवारलाई भोट

काठमाण्डु टुडे २०७० असोज १९ गते ६:१४ मा प्रकाशित

काठमाण्डु असोज–जनसंख्या र मतदाताको सुची वीचको खाडल हेर्दा निर्वाचनमा मतदान गर्न रुची नराख्नेहरुको दृश्य आउँछ । पर्सा–१ बाट उम्मेदवारी दिने तयारीमा रहेकी नायिका रेखा थापाको मतदाता सुचीमा नाम नै नभेटिएपछि एकीकृत माओवादीले उनको उम्मेदवारी रद्द गरेको थियो ।
निर्वाचन आयोगको पछिल्लो तथ्याङक अनुसार मंसिर ४ गते हुने संबिधानसभा निर्वाचनमा पत्यक्ष तर्फको प्रतिस्पर्धामा उत्रन चाहनेको संख्या ६ हजार तीन सय ५२ रहेको छ । अघिल्लो संबिधानसभा निर्वाचनमा उम्मेदवार भएका भन्दा त्यो संख्या दुई हजार सात सय ७४ जना बढी हो ।
पहिलो निर्वाचित हुने निर्वाचनमा देशभरका २४० निर्वाचन क्षेत्रमा ६ हजार ३५२ ले निर्वाच्न आयोगमा उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये एक हजार स्वतन्त्र, एक जना तेस्रोलिङ्गी, ५९१ महिला र पाँच हजार ७६१ पुरुष रहेको निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिए । अघिल्लो संविधानसभाको निर्वाचनमा तीन हजार ५७८ पुरुष, ३६८ महिला गरी तीन हजार ९४६ जना चुनावी मैदानमा थिए ।
पहिलो हुने निर्वाचित हुने निर्वाचनअन्तर्गत बिहीबार सबै निर्वाचन क्षेत्रमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका थिए ।
कुनकुन राजनीतिक दलले कति निर्वाचन क्षेत्रबाट उम्मेदवारीको मनोनयन दर्ता गराए भन्ने यकीन सूचना आयोगले सङ्कलन गरिरहेको पनि आयोगका प्रवक्ता राईले बताए ।
एकीकृत नेकपा (माओवादी), नेपाली काँग्रेस, नेकपा (एमाले)ले सबै निर्वाचन क्षेत्रमा आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् भने साना तथा मधेसवादी दलले सीमित निर्वाचन क्षेत्रमा मात्र आफ्नो उम्मेदवारी दिएका छन् ।
उम्मेदवारहरूलाई यही असोज २४ गते चुनाव चिह्न प्रदान गरिनेछ ।
मतपत्रको मूल्य ५ रूपैयाँ १८ पैसा
आगामी संविधानसभाको निर्वाचनमा प्रयोग हुने मतपत्र छपाइ मूल्य पाँच रूपैयाँ १८ पैसा पर्ने भएको छ । विसं २०६४ सालको निर्वाचनभन्दा करिब एक रूपैयाँ ५० पैसा महँगो पर्न गएको बुझिएको छ ।
समानुपातिक तथा पहिलो हुने निर्वाचनका लागि अलगअलग मतपत्रको व्यवस्था गरिएको छ । ती दुवै निर्वाचनका लागि करिब तीन करोड मतपत्र आवश्यक पर्ने र छपाइ गर्ने आयोगको प्रारम्भिक अनुमान छ ।
समानुपातिक निर्वाचनका लागि हल्का रातो र पहिलो हुने निर्वाचनको लागि हल्का निलो गरी दुई रङ्गको मतपत्र भोलिबाट छपाइको कार्य सुरु हुने निर्वाचन अयोगका सहसचिव महेश्वर न्यौपानेले जानकारी दिए ।     यसपटकको मतपत्र पनि कडा सुरक्षा प्रबन्धका बीच जनकशिक्षा सामग्री केन्द्रले छपाइ कार्य सुरु गर्दैछ ।
“छपाइका लागि आवश्यक मेसिन, जनशक्ति र सुरक्षा प्रबन्ध तयारी अवस्थामा छ, भोलि बेलुकीसम्ममा मतपत्रको छपाइका लागि आवश्यक प्राविधिक कामलाई आयोगले टुङ्ग्याई केन्द्रलाई निर्देशन दिन्छ र छपाइको काम सुरु हुन्छ” सहसचिव न्यौपानेले शुक्रवार भने ।
समानुपातिक निर्वाचनमा भाग लिने दलको सङ्ख्या १२४ रहेको छ । पहिलो हुने निर्वाचनमा भने सम्बन्धित क्षेत्रमा अन्तिम नामावली प्रकाशन गर्दा कति उम्मेदवार हुन्छन् त्यसका आधारमा मतपत्रको छपाइ हुने गर्दछ ।
आयोगले केन्द्रलाई सुरुका केही दिन समानुपातिक निर्वाचनको लागि आवश्यक पर्ने मतपत्र छपाइ गर्न र त्यसपछि पहिलो हुने निर्वाचनको मतपत्र छपाइ गर्न र त्यसपछि समानुपातिक निर्वाचनको मतपत्र छपाइका लागि निर्देशन दिने तालिका बनाएको सहसचिव न्यौपानेले जानकारी दिए । उनले भने “आयोगले कात्तिक २२ गतेसम्ममा सबै मतपत्र छपाइ गरिसक्ने लक्ष्य बनाएको छ ।”
छपाइका कार्य सम्पन्न भएपछि सशस्त्र प्रहरीलाई सडक सञ्जालले छोएका जिल्ला सदरमुकाममा मतपत्र ढुवानीको कार्यको जिम्मेवारी दिइएको छ । त्यसैगरी करिब १४ वटा हिमाली जिल्लामा भने नेपाली सेनाको हेलिकोप्टरमार्फत मतपत्र पु¥याइने आयोगले जनाएको छ ।
छपाइ कार्यको संवेदनशीलतालाई ध्यानमा दिई अहिले केन्द्रको केन्द्रीय कार्यालय भक्तपुरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा प्रबन्ध गरिसकिएको आयोगले जानकारी दिएको छ ।
सम्बन्धित जिल्ला सदरमुकाममा मतपत्र पुगेपछि प्रमुख जिल्ला अधिकारीले संयोजन गरी मतदान स्थलमा पु¥याउने कार्य गरिने सहसचिव न्यौपानेले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us