रोम, १५ असोज–विश्वमा भोकाको सङ्ख्यामा केही कमी आएको छ । यो सङ्ख्या विगतका वर्षहरुको तुलनामा सन् २०११ देखि २०१३ को अवधिमा कमी आएको हो ।
एक तथ्याङ्कअनुसार विश्वमा सन् २०११ भन्दा अघि भोका नागरिकको सङ्ख्या ८६ करोड रहेकोमा त्यसयता कमी आएको हालैको एक सर्वेक्षणले देखाएको छ । उक्त सर्वेक्षणका अनुसार सन् २०११ देखि २०१३ सम्मको अवधिमा उक्त सङ्ख्यामा कमी आई भोकाको सङ्ख्या ८४ करोड रहेको छ ।
यसरी हेर्दा विश्वमा अझैपनि कम्तीमा १२ प्रतिशत नागरिक भोकै बस्नुपर्ने अवस्था छ । उनीहरुले आवश्यकता बमोजिमको खाना पाउँदैनन् । रासस/एएफपी