मुजफ्फरनगरमा फेरि हिंसा, तीनजनाको मृत्यु

काठमाण्डु टुडे २०७० कार्तिक १४ गते १:४५ मा प्रकाशित

काठमाण्डु, १४ कात्तिक–भारत उत्तर प्रदेशको मुजफ्फरनगरमा फेरि हिंसा भड्कीएको छ । पछिल्लो हिंसात्मक गतिविधिमा तीनजनाको ज्यान गएको छ ।

प्रहरीले महम्मदपुर, रायसेन र हुुसैनपुर गाउँमा भएको हिँसामा तीनजना मारिएको पुष्टि गरेको छ । सो क्षेत्रमा सुरक्षा ब्यवस्था बढाइएको छ । हिँसा साम्प्रदायिक भए नभएकोबारे यकिन भन्न नसकिने प्रहरीले जनाएको छ ।

गत महिना मुजफ्फरनगरमा भएको हिँसात्मक घटनामा कयौको ज्यान गएको थियो । पछिल्लो घटना भएका ठाउँहरु गत महिनाको साम्प्रदायिक हिँसामा सबैभन्दा बढि प्रभावित थिए । मुजफ्फरनगरमा भएको हिँसात्मक गतिविधिको प्रभाव भारतको उत्तर प्रदेश राज्यको अन्य भागमा पनि परेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवमाथि हिँसात्मक गतिविधि नियन्त्रण गर्न नसकेको आरोप लागेको छ ।

समाजवादी पार्टीका तर्फबाट मुख्यमन्त्री बनेका यादवको राजीनामाको मागसमेत गरिन थालिएको छ । गत महिनाको हिंसात्मक घटनामा संलग्न भएको भन्दै केहि समय पूर्व भारतको प्रमुख विपक्षी पार्टी भारतीय जनता पार्टीका केहि विधायकहरुलाई पक्राउ गरिएको छ । –एजेन्सीको सहयोगमा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us