तपाईं पनि हेर्ने ६२ करोडको ब्रा ?

काठमाण्डु टुडे २०७० कार्तिक ११ गते १२:४८ मा प्रकाशित

victoriaकाठमाण्डु–फेसन दुनियाँको सबैभन्दा प्रतिष्ठित कम्पनि भिक्टोरिया सीक्रेटको बार्षिक उत्सव आगामी डिसेम्वरमा भव्यरुपमा मनाईंदै छ । बार्षिक उत्सवको मुख्य आकर्षण बनेको छ करिब ६२ करोड रुपैयाँको ब्रा ।

यति महङ्गो ब्रा लगाउने सौभाग्य पाएकी छन् क्यान्डिस स्वानपोल नामक मोडलले । यस ब्रालाई स्वीट्जरल्याण्डका प्रख्यात डिजाइनर मोवाडले डिजाइन गरेका हुन् । ब्रामा रुबी, हीरा, नीलम, मोती, सुन लगायत ४ हजार २०० भन्दा धेरै रत्न जडान गरिएको छ । त्यसमा ५२ क्यारेटको रुबी र १८ क्यारेटको सुन प्रयोग गरिएको छ ।

बहुमूल्य रत्न जडित ब्रा लगाएर अफ्रिकन २३ बर्षीया मोडल क्यान्डिस स्वानपोल र्याम्पमा उत्रिएपछि दर्शकको नजर उनीबाट नहट्ने आयोजकको दावी छ ।

भिक्टोरिया सीक्रेटको बार्षिक उत्सव निकै चर्चित मानिन्छ । यसलाई विश्वभरका करोडौं दर्शकले हेर्छन् ।

victoria 2

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us