
काठमाण्डु, ११ कात्तिक– बिभिन्न सातवटा विषयमा बहस गर्दै काठमाण्डुमा आयोजित तेस्रो नेपाल साहित्य महोत्सव सोमबार सकिदै छ । गत शुक्रबारदेखि प्रज्ञा भवन कमलादीमा महोत्सव शुरु भएको थियो ।
महोत्सवको अन्तिम दिन चर्चित कविहरुले कविता बाचन गर्नेछन् । अभिनेता राजेश हमाल, बेलायती उपन्यासकार निट ब्युमान लगायतसँग छलफल गर्ने कार्यक्रम पनि छ । यस्तै ‘नेपाली भाषा कस्को ?’ विषयमा बसन्त थापाको प्रस्तुति पनि रहने छ । प्रिन्ट पत्रकारीताको भविष्य, गैर आख्यान र आख्यान, पुस्तान्तर लगायत विषयमा पनि सोमबार अन्तिम दिन छलफल हुने आयोजक बुक वर्म फाउण्डेसनले जनाएको छ ।
महोत्सव अवधिभर स्रष्टा र पाठकबीच प्रत्यक्ष संवाद गर्ने अवसर मिलाइएको थियो ।