मुस्लीम समुदायकालागि अनलाइन सेक्स शप

काठमाण्डु टुडे २०७० कार्तिक १० गते २:३३ मा प्रकाशित

Helal-sex_shopकाठमाण्डु–मुस्लीम समुदायलाई लक्षित गरी टर्कीमा खोलिएको अनलाइन सेक्स शप पछिल्ला दिनमा चर्चाको बिषय बनेको छ । यसलाई ‘हलाल सेक्स शप’ नाम दिइएको छ । टर्कीमा हलाल वा हेलालको अर्थ ‘इस्लामी कानूनअनुसार स्वीकार्य’ हो ।

हलाल सेक्स शपको वेबसाइटमा नग्नता छैन । यसमा स्कार्फ लगाएका एक पुरुष र एक महिलाको छायाँ चित्र छ । पुरुष र महिलाको लागि अलग अलग पेज बनाइएको छ । वेबसाइट कन्डम, मसाज आयल, स्प्रेलगायतका सामग्री बिक्रीकालागि राखिएको छ ।

वेबसाइटका संस्थापक ३८ बर्षीय हालुक डेमिरेल भन्छन्, ‘सबैलाई सेक्स जरुरी छ । मुस्लिम समुदायलाई पनि । खासगरी महिलाहरु पोर्नोग्राफी जस्तो देखिने वेबसाइटबाट उत्पादन खरिद गर्न सहज महसुस गर्दैनन् । किनकी ति वेबसाइट वेस्टर्न स्टाइलका छन् । तर, मेरो अनलाइन पसलमा त्यस्तो कुनै नग्नता छैन । त्यसैले मुस्ली समुदायले सजिलैसँग आफूलाई आवश्यक बस्तु किन्न सक्छन् ।

हलाल सेक्स शप नेदरल्याण्डमा पनि छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us