प्रतिरोधमा उत्रन मन्त्री श्रेष्ठको आग्रह

काठमाण्डु टुडे २०७० कार्तिक ९ गते ९:१५ मा प्रकाशित

RamKumarShresthaचितवन, ९ कात्तिक– पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले निर्वाचन बिथोल्नेहरुका विरुद्ध सङ्गठित ढङ्गले प्रतिरोधमा उत्रन दलहरुलाई आग्रह गरेका छन् ।  संविधानसभाको निर्वाचन भयरहित र निष्पक्ष ढङ्गबाट सम्पन्न गर्न अाह्यवान गर्दै मन्त्री श्रेष्ठले सो आग्रह गरेका हुन् ।

‘एउटा दलको पर्चा खोस्ने र गाडी तोडफोड गर्नेले भोलि अर्को दलको पनि खोस्न सक्छ । दलहरु संयुक्त ढङ्गले सरकारसँग मिलेर प्रतिरोधमा उत्रन म आग्रह गर्छु’, नेपाल नेत्रज्योति संघ चितवन शाखाको १६ अाैँ अधिवेशनको शनिबार उद्घाटन गर्दै मन्त्री श्रेष्ठले बताए ।

‘निर्वाचन कसैले रोकेर रोकिदैन’ मन्त्री श्रेष्ठले भने, ‘ विध्वंस गर्नेहरुलाई सरकार र सबै दल मिलेर प्रतिरोध गर्दै चुनाव सम्पन्न गर्ने सरकारको दायित्व रहेको छ ।’ संविधानसभाको चुनावबाट नेपाली जनताले संविधान पाउनु सुखद भएको भन्दै उनले सबैलाई निर्वाचनमा भाग लिन आग्रह गरे ।

कार्यक्रममा नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय महासचिव श्यामप्रसाद पोखरेलले हीरालाल सन्तुदेवी प्रधान नेत्रविज्ञान अध्ययन संस्थानको साइनबोर्डको अनावरण र खानेपानीको उद्घाटन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us