पाकिस्तानले सहमति पालना गरेन : सिंह

काठमाण्डु टुडे २०७० कार्तिक ८ गते ४:२६ मा प्रकाशित

काठमाण्डु, ८ कात्तिक– जम्मु कास्मिरमा गोलाबारी नरोकिएपछि भारतीय प्रधानमन्त्री मनमोहन सिंह पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफसँग रुष्ट भएका छन् । पाकिस्तानी सेनाले नियन्त्रण रेखा र अन्तराष्ट्रिय सीमामा गोलाबारी जारी राखेको भन्दै उनी रुष्ट भएका हुन् ।

रुस र चीनको भ्रमण पूरा गरी स्वदेश फर्किने क्रममा सम्वाददाताहरुसँग कुरा गर्दै उनले दुई छिमेकी देशबीचको लडाईं नरोकिनु दुर्भाग्य भएको बताए । ‘जम्मु कास्मीरमा सीजफायर लगातार जारी छ,’ प्रधानमन्त्री सिंहले भनेका छन्, ‘मेरो लागि यो धेरै निराशाको कुरा हो ।’

सीमाक्षेत्रमा शान्ति कायम राख्ने सहमति भए पनि पाकिस्तानले पालना नगरेको उनको आरोप छ । पछिल्लो एकसातामा सीमा क्षेत्रमा भएको गोलाबारीमा भारतका दुईजना सैनिक मारिएका छन् ।

उनले बहुचर्चित कोयला घोटाला काण्डमा सीबीआई जाँचको लागि आफू तयार रहेको पनि स्पष्ट पारेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us