चीन र इण्डोनेसियामा एक सय सात जनाको मृत्यु

काठमाण्डु टुडे २०७० असोज १४ गते ७:३२ मा प्रकाशित

काठमाण्डु १४ असोज–चीन र इण्डोनेसियामा भएका छुट्टा छुट्टै डुंगा दुर्घटनामा परी एक सय सात जनाको मृत्यु भएको छ ।

दक्षिण चीनस्थित एक समुन्द्रमा आइतबार अपरान्हमा आएको ‘उटीप’ नामक  आँधीपछि तीनवटा डुङ्गा डुब्दा ७४ व्यक्ति बेपत्ता भएका जानकारी तटरक्षकहरूले दिएका छन । दक्षिणी चीनको गुआङ्गडोङ प्रान्तमा  ती तीनवटा डुङ्गामा ८८ माझीहरू रहेको जनाइएको छ । बेपत्ता भएकामध्ये १४ जनाको सोमबार मध्यानसम्ममा  उद्धार गरिएको समाचारमा उल्लेख छ ।
चिनियाँ राष्ट्रपति सि जिनपिन र प्रधानमन्त्री  लि केकियाङसँग ‘उटीउ’ आँधीबाट बेपत्ता भएका ७४ व्यक्तिलाई  सुरक्षित उद्धार गर्न स्थानीय अधिकारीलगायत  सशस्त्र बललाई विशेष निर्देशन दिएका छन ।      त्यसैगरी सीले केन्द्र सरकारका विभागहरूलाइ समेत उद्धार कार्यमा सघाउन निर्देशन दिएका छन ।
यसै गरी इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा द्वीपमा एक डुङ्गा डुबेर बेपत्ता भएका दर्जनौ व्यक्तिहरूमा ३३ व्यक्तिको शव निकालिएको छ । उद्धारकार्यमा संलग्न अधिकारीहरूका अनुसार यस दुर्घटनाबाट २८ व्यक्तिलाई सुरक्षित उद्धार गरिएको छ ।  यस दुर्घटनामा कति व्यक्ति बेपत्ता भएका छन् सो भने प्रष्ट भएको छैन ।
तर स्थानीय सैनिक स्रोतका अनुसार ५९ व्यक्ति अझै बेपत्ता रहेका छन् । मध्यपूर्वबाट आएका जम्मा एकसय २०  यात्रु  सो डुङ्गामा सवार रहेको समाचारमा जनाइएको छ ।
मध्य पूर्व र अन्य राष्ट्रहरूबाट अष्टे«लियामा शरणको खोजीमा जान लागेका शरणार्थीहरूले इन्डोनेसियालाई अति उत्तम पारवहन विन्दुको रुपमा मान्दछन् । रासस÷सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us