पाकिस्तानमा र नाइजेरियामा बिद्यार्थीसहित ७२ जना मारिए

काठमाण्डु टुडे २०७० असोज १४ गते १:५८ मा प्रकाशित

काठमाण्डु १४ असोज– पाकिस्तान र नाइजेरियामा ७२ जनाको मृत्यु भएको छ । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्र पेशावरमा भएको बम बिष्फोटमा परी ३३ जना मारिएका छन भने नाइजेरियाको एक होस्टेलमा बन्दुकधारीको आक्रमणमा परी ४२ जना बिद्यार्थी मारिएका छन । 
पाकिस्तानको उत्तरपश्चिमी क्षेत्र पेशावर सहरमा भएको बम विष्फोटमा ३३ जनाको मृत्यु भएको छ भने ७० घाइते भएका छन् । आइतबार पेशावर सहरको एक प्रहरी कार्यालयमा भएको विष्फोटमा ३३ जनाको मृत्यु भएको एजेन्सीहरुले जनाएका छन् । घटनाको जिम्मेवारी कसैले लिएको छैन । प्रहरीले कार बम विष्फोटको आशंका गरेको छ ।
८० जनाको मृत्यु हुने गरी गिर्जाघरमा भएको दोहोरो विष्फोटको एक साता नपुग्दै पाकिस्तानमा पुन बम विष्फोटको समाचार आएको हो । यसका साथै शुक्रबार पेशावर सहरनजिकै एक गाडीमा बम विष्फोट हुँदा गाडीमा सवार १७ सरकारी कर्मचारीको मृत्यु भएको थियो । पाकिस्तानमा केही महिना यता यस्ताखाले आक्रमणमा वृद्धि भएको बताइन्छ । प्रधानमन्त्री नवाज शरिफले तालिवानसंग शान्ति वार्ताका लागि गर्न चाहेको पहलको बेवास्ता गर्दै तालिवानीहरुले हिंसा बढाउँदै लगेका छन ।
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा परी ४२ जना विद्यार्थीहरुको मृत्यु भएको छ । आइतबार कलेज अफ एग्रिकल्चरमा बन्दुकधारीले गरेको आक्रमणमा परी ४२ जनाको मृत्यु भएको एजेन्सीहरुले जनाएका छन् । कलेजको होस्टलमा सुतिरहेको अवस्थामा नै बन्दुकधारीहरुले विद्यार्थीमाथि हमला गरेको बताइएको छ । घटनामा सुरक्षाकर्मीको उपस्थिति तत्काल भएको भएपनि घटना कसले गराएको भनी खुल्न नसकेको बताइएको छ । स्थानीय प्रहरीले भने आक्रमण नाइजेरियाको सशस्त्र समूह बोको हरामले गराएको आशंका गरेको छ । सो आतंककारी समूहले कक्षाकोठामा आगलागी समेत गरेको बताइएको छ । आक्रमणमा थुप्रै विद्यार्थी घाइते भएका कारण मृतकको संख्या अभैm बढ्न सक्ने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us