निर्वाचन भाँड्न वैद्य मोर्चाबाट १० दिने आमहड्ताल घोषणा

काठमाण्डु टुडे २०७० असोज १० गते १२:०५ मा प्रकाशित

काठमाण्डु– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध ३३ दलीय मोर्चाले ४ मंसिरको संविधानसभा निर्वाचन बिथोल्ने गरी आमहड्तालसहित कडा संघर्षका mohan-baidyaकार्यक्रम सार्वजनिक गरेको छ ।
माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा बिहीबार बसेको मोर्चाको बैठकले निर्वाचन बहिस्कारका लागि आम हड्तालसम्मका कार्यक्रम घोषणा गरेको हो । मोर्चाले कात्तिक २५ देखि मंसिर ५ गतेसम्म आम हड्ताल आह्वान गरेको छ । पत्रकार सम्मेलनमा माओवादी सचिव देव गुरुङले संविधानसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको दिन असोज १७ गते देशका ७५ वटै जिल्ला सदरमुकाममा उच्चस्तरीय राजनीतिक समिति आवद्ध प्रमुख चार दलका शीर्ष नेताको पुत्लादहन गरिने बताए । उनले सोही दिनदेखि भारतीय नम्बरप्लेटका सवारी साधन आवतजावतमा समेत प्रतिबन्ध लगाइने घोषणा गरे ।

यस्तै वैद्य माओवादीले उम्मेदवारलाई उम्मेदवारी दर्ता प्रक्रियामा सामेल नहुन सम्बन्धित व्यक्ति र उसका आफन्तलाई भेटेरै आग्रह गर्ने बताएको छ । उम्मेदवारको घर अगाडि कालो झण्डा गाड्नुका साथै सामाजिक बहिस्कार गर्न जनतालाई आह्वान गरिने पनि जनाएको छ । पत्रकार सम्मेलनमा सचिव गुरुङले चार दलीय सिण्डिकेटले निर्वाचनमा सेना परिचालन गरेर मुलुकलाई जंगी शासनतर्फ धकेल्न खोजेको आरोप लगाए । पत्रकार सम्मेलनअघि नेकपा–माओवादीको कार्यालयमै मोर्चाको बैठक बसेको थियो ।

३३ दलीय मोर्चाद्वारा जारी प्रेस विज्ञप्ति

आज मिति २०७० असोज १० गते नेकपा–माओवादीको कार्यालय, बुद्धनगरमा ३३ दलीय मोर्चाको बैठक बसी लिइएका निर्णयहरु निम्न बमोजम रहेका छन् –
विगत संविधानसभाबाट नयाँ संविधान निर्माण हुन नसकेको स्थितिमा फेरि पनि संविधानसभाको निर्वाचन गरी नयाँ संविधान निर्माण गर्ने प्रयत्न गरिनु अन्यथा मान्न नसकिएला । परन्तु, निर्वाचनको नाममा बाह्य शक्तिहरुको गुरुयोजनामा चैत्र १ गते २५ बुँदे आदेश जारी गरी बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा जसरी मंसिर ४ गते निर्वाचनको प्रायोजन गरिएको छ, त्यो नेपालको आन्तरिक मामिलामा सर्वथा बाह्य हस्तक्षेपको ज्वलन्त दृष्टान्त हो । बाह्य हस्तक्षेपकै कारणले बहुदलीय व्यवस्थाको समाप्त गरी निर्दलीयताको सुरुवात गरिएको छ ।
स्वतन्त्र न्यायापालिका लाई समाप्त गरी अन्तरिम संविधान र विधिको शासनलाई ध्वस्त बनाइएको छ । बाह्य हस्तक्षेपबाट मुक्त गरी निर्वाचन लगायतका आन्तरिक मामिलामा राजनीतिक दलहरुको बीचमा राष्ट्रिय सहमति कायम गर्न र दलहरु स्वयंले निर्णय गर्नसक्ने व्यवस्था कायम गर्नका लागि दलहरु बीच वार्ता तथा गोलमेच सभाको आयोजना गर्न १८ बुँदे प्रस्ताव सहित वार्ताको प्रारम्भ गरियो । गोलमेचसभा गरी त्यसैबाट विवादका मुद्दाहरुलाई सहमति कायम गर्ने सैद्धान्तिक सहमति पनि कायम भएको थियो । तर उक्त सैद्धान्तिक सहमतिलाई बाह्य शक्तिहरुको षड्यन्त्रको परिणामस्वरुप तुहाइयो ।
पछिल्लो समयमा नेकपा–माओवादी सहित ३३ दलीय मोर्चाका तर्फबाट अत्यन्तै गम्भीरता र लचकताकासाथ ४ बुँदे प्रस्ताव राखियो । प्रारम्भमा अत्यन्तै सकारात्मक भनी प्रायः सबै दलहरुले टिप्पणी गरेको २ दिन बित्न नपाउँदै उक्त प्रस्ताव पनि बाह्य शक्तिहरुकै गुरुयोजनामा सहमति हुन दिइएन र दलहरु बीच कुनैपनि प्रकारको सहमति हुन नदिने खेल चलिरह्यो ।
अर्कोतर्फ १८ बुँदामा उल्लेखित विषयहरुमा ध्यानाकृष्ट गराउन हामीले थुप्रै प्रकारका चरणबद्ध आन्दोलनका कार्यक्रमहरु सम्पन्न गर्दै आइरहेका छौं । ती आन्दोलनका कार्यक्रमहरु शान्दार रुपमा सम्पन्न भएका छन् साथै उठाइएका मुद्दाहरुमा नेपाली जनताको ऐक्यबद्धता पनि प्रदर्शन भएको छ । ती जनअनुमोदित मुद्दाहरुलाई सम्बोधन गरिनुको सट्टा उल्टो निर्वाचन जस्तो नितान्त आन्तरिक मामिलामा राष्ट्रिय सुरक्षार्थ गठित नेपाली सेनालाई परिचालन गर्ने सरकारी निर्णयले बृहत शान्ति सम्झौताका साथै अन्तरिम संविधानको पनि गम्भीर उल्लङ्घन गरेको छ । र वाधा अड्काउ फुकाउ मार्फत फेरि पनि अन्तरिम संविधानलाई ध्वस्त बनाइएको छ । त्यसबाट निर्वाचनको सुरक्षाको नाममा मुलुकमा अर्को द्वन्द्व निम्त्याउन खोजिएको छ ।
त्यसको हामी घोर विरोध एवं भत्र्सना गर्दछौं । मुलुकमा युद्ध थोपरेर मुलुकको राष्ट्रिय स्वाधीतालाई समाप्त गर्न जुन निर्वाचनको प्रायोजन गरिएको छ, त्यसको विरोध एवं बहिष्कार गर्दै दलहरुको बीचमा राष्ट्रिय सहमति कायम गरेर मात्र निर्वाचन सम्पन्न गरिनुपर्छ भन्ने ४ बुँदे हाम्रो प्रस्तावलाई लिएर आन्दोलनका कार्यक्रमहरु सञ्चालन गर्नुको विकल्प रहेन । अतः सहमतिको लागि वार्ताको ढोका खुला राख्दै आन्दोलनका निम्नि कार्यक्रमहरु जारी गर्ने निश्चित गरिएको छ ।
आन्दोलनकै क्रममा पछिल्ला समयमा राष्ट्रिय स्वाधीनता माथिको हस्तक्षेपको क्रम अन्य क्षेत्रमा पनि झन्–झन् बढ्दै गइरहेको छ । जलस्रोतको दोहन गर्न माथिल्लो कर्णाली, अरुण तेस्रो, कोशी उच्च बाँध र माथिल्लो मस्र्याङ्दी लगायतका परियोजनाहरुको खारेजी गरिनुको सट्टा उल्टो उर्जा विकास सम्झौता (पिडिए) गर्ने तयारी गर्दैैछ । भारतीय सुरक्षाकर्मीहरु खुलेआम नेपाल प्रवेश गरी २ जना भारतीयलाई गिरफ्तारी गरिएको छ । बर्दियामा खुलेआम भारतीय सुरक्षाकर्मी प्रवेश गरी घरहरुमा खानतलाशी गरिएको छ ।
त्यसैगरी गौतमबुद्धको जन्म भारतमा भएको भनेर भारतीय निजी विद्यालय स्तरका पाठ्यपुस्तकहरु प्रकाशन गरी पढाइरहेको र जिटिभी लगायतका भारतीय च्यानलहरुबाट प्रशारण गराईराखेको छ ।
नेपालमा आत्मनिर्भर बन्दै गइरहेको पोल्ट्रीफर्महरुलाई विस्थापित गरी भारतीय कुखुराको मासुको एकाधिकार बजार कायम गर्न भारतबाट आयातित कुखुराको मासु, दाना, भ्याक्सिन, औषधीहरु आदि मार्फत बर्डफ्लू फैलाएर पोल्ट्रीफर्महरु ध्वस्त बनाइएको छ ।
दिल्ली विमानस्थल हुँदै आएको अमेरिकी सैन्य विमानबाट अन्तर्राष्ट्रिय विमानस्थलमा रहस्यमय सामग्रीहरु झारिएको छ । ती सामाग्रीहरु के थिए ? अहिलेसम्म सरकारले सार्वजनिक गरेको छैन ।
अतः राष्ट्रिय स्वाधीनतासँग जोडिएका उपरोक्त विषयहरुमाथि पनि ध्यानाकर्षण गर्दै ३३ दलीय मोर्चाको तर्फबाट आन्दोलनका निम्न कार्यक्रमहरु सञ्चालन गर्ने निश्चित गरिएको छ ।
कार्यक्रमहरु
१. अन्तर्राष्ट्रिय समुदायको रोहवरमा सम्पन्न भएको बृहत शान्ति सम्झौतालाई सरकारी पक्षबाट एकपक्षीय रुपमा भङ्ग गरी निर्वाचनको सुरक्षाको नाममा नेपाली सेना परिचालन गर्ने भनी गरिएको निर्णयबारे अन्तर्राष्ट्रिय समुदायलाई ध्यानाकर्षणका लागि अपिल गर्ने ।
२. असोज १३ गते सबै जिल्लाका निर्वाचन आयोगका कार्यालयहरुमा बाह्य शक्तिहरुको प्रायोजनमा हुन लागेको मङ्सिर ४ को राष्ट्रघाती निर्वाचनको कार्यक्रम कार्यान्वयन नगर्न र नगराउन सचेतता पत्र बुझाउने ।
३. असोज १६ गते राष्ट्रघाती निर्वाचन बहिष्कार सम्बन्धी प्रचा वितरण गर्ने ।
४. असोज १७ गते सबै जिल्ला सदरमुकामहरुमा नेपाललाई सिक्किमीकरण गर्नका लागि राष्ट्रघाती तथा लेण्डुप दोर्जे जस्तो विदेशी दलाल बन्न तयार भएका ४ दलका शीर्ष नेताहरुको प्रतिकात्मक पुतला बनाई जलाउने ।
५. निम्न प्रकारका बाह्य हस्तक्षेपकारी गतिविधिहरुलाई अबिलम्व रोक्नुपर्ने –
(क) भारतीय सुरक्षाकर्मीहरु बेरोकटोक नेपाल प्रवेश गरी खानतलाशी लिने र गिरफ्तार गर्ने गरेका घटनाहरुको छानबिन गरी दोषी उपर कार्बाही गर्न र त्यसप्रकारको हस्तक्षेपकारी घटनाहरु दोहोरिन नदिने व्यवस्था गरिनुपर्ने,
(ख) पोल्ट्रीफर्महरुमा भारतबाट आयातित वस्तुहरुबाट फैलाइएको बर्डफ्लूबारे छानबिन गरी दोषीउपर कारबाही गर्नु पर्ने,
(ग) विदेशी लगानीमा सञ्चालित राष्ट्रिय हित विपरितको माथिल्लो कर्णाली र अरुण तेस्रो लगायतका निर्यातमुखी मेगा परियोजनाहरुको पिडिए तयार गर्ने क्रम अबिलम्ब रोकिनु पर्ने,
(घ) बुद्ध भारतमा जन्मेको भनी लेखिएका भारतीय निजी विद्यालयस्तरका पाठ्यपुस्तकहरुमाथि रोक लगाउनुका साथै जिटिभीबाट प्रशारण गर्ने क्रम रोकिनुपर्ने,
(ङ) अमेरिकन सैन्य विमानबाट झारिएका सामानहरु बारे सार्वजनिक रुपमा सु—सूचित गरिनुपर्ने ।
(च) पेटा«ेलियम पदार्थ लगायतका दैनिक उपभोग्य वस्तुहरुको बढाइएको मूल्य घटाइनुपर्ने ।
उपरोक्त विषयहरुलाई सम्बोधन गर्न नेपाल सरकारको प्रतिबद्धता नहुँदासम्म यही असोज १७ गतेदेखि भारतीय नम्बर प्लेटका सरकारी तथा निजी क्षेत्रका मालबाहक तथा यात्रुबाहक गाडीहरुलाई नेपाल प्रवेशमा रोक लगाउने ।
६. असोज १९ गतेदेखि कार्तिक १ गतेसम्म घरदैलो अभियान, साँस्कृतिक अभियान सञ्चालन गर्ने र उम्मेदवारहरुको घर–घरमा उम्मेदवारी फिर्ताको लागि पत्राचार गर्ने ।
७.
देशभक्त तथा राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीहरुलाई ४ दलको राष्ट्रघाती कदममा साथ नदिन अपिल गर्ने ।
८. कार्तिक २ गतेदेखि राष्ट्रघाती विदेशी दलाल उम्मेदवारहरुलाई जिल्ला तथा गाउँ प्रवेशमा रोक लगाउने । दलाल उम्मेदवारहरुको घर अगाडि कालो झण्डा गाड्ने । दलाल उम्मेदवारहरुका विरुद्ध सामाजिक बहिष्कार अभियान सञ्चालन गर्ने ।
९. ४ दलका राष्ट्रघाती शिर्ष नेताहरु जहाँ–जहाँ पुग्छन् उक्त दिन उक्त जिल्ला बन्द गर्ने ।
१०. प्रत्येक बुथ–बुथमा युवाहरुको बहिष्कार टोली गठन गरी बहिष्कार कार्यक्रमलाई प्रभावकारी बनाउने ।
११. कार्तिक २५ गतेदेखि मङ्सिर ५ गतेसम्म १० दिन देशव्यापी आम हडताल र नेपाल बन्द गरी मंसिर ४ को निर्वाचनलाई सक्रिय रुपले बहिष्कार गर्ने ।
१२. यथास्थितिको निर्वाचनको बहिष्कारको पक्षमा जुनुकै समूह वा घटकहरुले आन्दोलनका कार्यक्रमहरु सञ्चालन गरेपनि त्यसलाई समर्थन गर्ने ।मिति  २०७० असोज १०
देव गुरुङ
३३ दलीय राजनीतिक मोर्चा

प्रेस विज्ञप्ति

आज मिति २०७० असोज १० गते नेकपा–माओवादीको कार्यालय, बुद्धनगरमा ३३ दलीय मोर्चाको बैठक बसी लिइएका निर्णयहरु निम्न बमोजम रहेका छन् –
विगत संविधानसभाबाट नयाँ संविधान निर्माण हुन नसकेको स्थितिमा फेरि पनि संविधानसभाको निर्वाचन गरी नयाँ संविधान निर्माण गर्ने प्रयत्न गरिनु अन्यथा मान्न नसकिएला । परन्तु, निर्वाचनको नाममा बाह्य शक्तिहरुको गुरुयोजनामा चैत्र १ गते २५ बुँदे आदेश जारी गरी बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा जसरी मंसिर ४ गते निर्वाचनको प्रायोजन गरिएको छ, त्यो नेपालको आन्तरिक मामिलामा सर्वथा बाह्य हस्तक्षेपको ज्वलन्त दृष्टान्त हो । बाह्य हस्तक्षेपकै कारणले बहुदलीय व्यवस्थाको समाप्त गरी निर्दलीयताको सुरुवात गरिएको छ । स्वतन्त्र न्यायापालिका लाई समाप्त गरी अन्तरिम संविधान र विधिको शासनलाई ध्वस्त बनाइएको छ । बाह्य हस्तक्षेपबाट मुक्त गरी निर्वाचन लगायतका आन्तरिक मामिलामा राजनीतिक दलहरुको बीचमा राष्ट्रिय सहमति कायम गर्न र दलहरु स्वयंले निर्णय गर्नसक्ने व्यवस्था कायम गर्नका लागि दलहरु बीच वार्ता तथा गोलमेच सभाको आयोजना गर्न १८ बुँदे प्रस्ताव सहित वार्ताको प्रारम्भ गरियो । गोलमेचसभा गरी त्यसैबाट विवादका मुद्दाहरुलाई सहमति कायम गर्ने सैद्धान्तिक सहमति पनि कायम भएको थियो । तर उक्त सैद्धान्तिक सहमतिलाई बाह्य शक्तिहरुको षड्यन्त्रको परिणामस्वरुप तुहाइयो । पछिल्लो समयमा नेकपा–माओवादी सहित ३३ दलीय मोर्चाका तर्फबाट अत्यन्तै गम्भीरता र लचकताकासाथ ४ बुँदे प्रस्ताव राखियो । प्रारम्भमा अत्यन्तै सकारात्मक भनी प्रायः सबै दलहरुले टिप्पणी गरेको २ दिन बित्न नपाउँदै उक्त प्रस्ताव पनि बाह्य शक्तिहरुकै गुरुयोजनामा सहमति हुन दिइएन र दलहरु बीच कुनैपनि प्रकारको सहमति हुन नदिने खेल चलिरह्यो ।
अर्कोतर्फ १८ बुँदामा उल्लेखित विषयहरुमा ध्यानाकृष्ट गराउन हामीले थुप्रै प्रकारका चरणबद्ध आन्दोलनका कार्यक्रमहरु सम्पन्न गर्दै आइरहेका छौं । ती आन्दोलनका कार्यक्रमहरु शान्दार रुपमा सम्पन्न भएका छन् साथै उठाइएका मुद्दाहरुमा नेपाली जनताको ऐक्यबद्धता पनि प्रदर्शन भएको छ । ती जनअनुमोदित मुद्दाहरुलाई सम्बोधन गरिनुको सट्टा उल्टो निर्वाचन जस्तो नितान्त आन्तरिक मामिलामा राष्ट्रिय सुरक्षार्थ गठित नेपाली सेनालाई परिचालन गर्ने सरकारी निर्णयले बृहत शान्ति सम्झौताका साथै अन्तरिम संविधानको पनि गम्भीर उल्लङ्घन गरेको छ । र वाधा अड्काउ फुकाउ मार्फत फेरि पनि अन्तरिम संविधानलाई ध्वस्त बनाइएको छ । त्यसबाट निर्वाचनको सुरक्षाको नाममा मुलुकमा अर्को द्वन्द्व निम्त्याउन खोजिएको छ । त्यसको हामी घोर विरोध एवं भत्र्सना गर्दछौं । मुलुकमा युद्ध थोपरेर मुलुकको राष्ट्रिय स्वाधीतालाई समाप्त गर्न जुन निर्वाचनको प्रायोजन गरिएको छ, त्यसको विरोध एवं बहिष्कार गर्दै दलहरुको बीचमा राष्ट्रिय सहमति कायम गरेर मात्र निर्वाचन सम्पन्न गरिनुपर्छ भन्ने ४ बुँदे हाम्रो प्रस्तावलाई लिएर आन्दोलनका कार्यक्रमहरु सञ्चालन गर्नुको विकल्प रहेन । अतः सहमतिको लागि वार्ताको ढोका खुला राख्दै आन्दोलनका निम्नि कार्यक्रमहरु जारी गर्ने निश्चित गरिएको छ ।
आन्दोलनकै क्रममा पछिल्ला समयमा राष्ट्रिय स्वाधीनता माथिको हस्तक्षेपको क्रम अन्य क्षेत्रमा पनि झन्–झन् बढ्दै गइरहेको छ । जलस्रोतको दोहन गर्न माथिल्लो कर्णाली, अरुण तेस्रो, कोशी उच्च बाँध र माथिल्लो मस्र्याङ्दी लगायतका परियोजनाहरुको खारेजी गरिनुको सट्टा उल्टो उर्जा विकास सम्झौता (पिडिए) गर्ने तयारी गर्दैैछ । भारतीय सुरक्षाकर्मीहरु खुलेआम नेपाल प्रवेश गरी २ जना भारतीयलाई गिरफ्तारी गरिएको छ । बर्दियामा खुलेआम भारतीय सुरक्षाकर्मी प्रवेश गरी घरहरुमा खानतलाशी गरिएको छ ।
त्यसैगरी गौतमबुद्धको जन्म भारतमा भएको भनेर भारतीय निजी विद्यालय स्तरका पाठ्यपुस्तकहरु प्रकाशन गरी पढाइरहेको र जिटिभी लगायतका भारतीय च्यानलहरुबाट प्रशारण गराईराखेको छ ।
नेपालमा आत्मनिर्भर बन्दै गइरहेको पोल्ट्रीफर्महरुलाई विस्थापित गरी भारतीय कुखुराको मासुको एकाधिकार बजार कायम गर्न भारतबाट आयातित कुखुराको मासु, दाना, भ्याक्सिन, औषधीहरु आदि मार्फत बर्डफ्लू फैलाएर पोल्ट्रीफर्महरु ध्वस्त बनाइएको छ ।
दिल्ली विमानस्थल हुँदै आएको अमेरिकी सैन्य विमानबाट अन्तर्राष्ट्रिय विमानस्थलमा रहस्यमय सामग्रीहरु झारिएको छ । ती सामाग्रीहरु के थिए ? अहिलेसम्म सरकारले सार्वजनिक गरेको छैन ।
अतः राष्ट्रिय स्वाधीनतासँग जोडिएका उपरोक्त विषयहरुमाथि पनि ध्यानाकर्षण गर्दै ३३ दलीय मोर्चाको तर्फबाट आन्दोलनका निम्न कार्यक्रमहरु सञ्चालन गर्ने निश्चित गरिएको छ ।
कार्यक्रमहरु
१. अन्तर्राष्ट्रिय समुदायको रोहवरमा सम्पन्न भएको बृहत शान्ति सम्झौतालाई सरकारी पक्षबाट एकपक्षीय रुपमा भङ्ग गरी निर्वाचनको सुरक्षाको नाममा नेपाली सेना परिचालन गर्ने भनी गरिएको निर्णयबारे अन्तर्राष्ट्रिय समुदायलाई ध्यानाकर्षणका लागि अपिल गर्ने ।
२. असोज १३ गते सबै जिल्लाका निर्वाचन आयोगका कार्यालयहरुमा बाह्य शक्तिहरुको प्रायोजनमा हुन लागेको मङ्सिर ४ को राष्ट्रघाती निर्वाचनको कार्यक्रम कार्यान्वयन नगर्न र नगराउन सचेतता पत्र बुझाउने ।
३. असोज १६ गते राष्ट्रघाती निर्वाचन बहिष्कार सम्बन्धी प्रचा वितरण गर्ने ।
४. असोज १७ गते सबै जिल्ला सदरमुकामहरुमा नेपाललाई सिक्किमीकरण गर्नका लागि राष्ट्रघाती तथा लेण्डुप दोर्जे जस्तो विदेशी दलाल बन्न तयार भएका ४ दलका शीर्ष नेताहरुको प्रतिकात्मक पुतला बनाई जलाउने ।
५. निम्न प्रकारका बाह्य हस्तक्षेपकारी गतिविधिहरुलाई अबिलम्व रोक्नुपर्ने –
(क) भारतीय सुरक्षाकर्मीहरु बेरोकटोक नेपाल प्रवेश गरी खानतलाशी लिने र गिरफ्तार गर्ने गरेका घटनाहरुको छानबिन गरी दोषी उपर कार्बाही गर्न र त्यसप्रकारको हस्तक्षेपकारी घटनाहरु दोहोरिन नदिने व्यवस्था गरिनुपर्ने,
(ख) पोल्ट्रीफर्महरुमा भारतबाट आयातित वस्तुहरुबाट फैलाइएको बर्डफ्लूबारे छानबिन गरी दोषीउपर कारबाही गर्नु पर्ने,
(ग) विदेशी लगानीमा सञ्चालित राष्ट्रिय हित विपरितको माथिल्लो कर्णाली र अरुण तेस्रो लगायतका निर्यातमुखी मेगा परियोजनाहरुको पिडिए तयार गर्ने क्रम अबिलम्ब रोकिनु पर्ने,
(घ) बुद्ध भारतमा जन्मेको भनी लेखिएका भारतीय निजी विद्यालयस्तरका पाठ्यपुस्तकहरुमाथि रोक लगाउनुका साथै जिटिभीबाट प्रशारण गर्ने क्रम रोकिनुपर्ने,
(ङ) अमेरिकन सैन्य विमानबाट झारिएका सामानहरु बारे सार्वजनिक रुपमा सु—सूचित गरिनुपर्ने ।
(च) पेटा«ेलियम पदार्थ लगायतका दैनिक उपभोग्य वस्तुहरुको बढाइएको मूल्य घटाइनुपर्ने ।
उपरोक्त विषयहरुलाई सम्बोधन गर्न नेपाल सरकारको प्रतिबद्धता नहुँदासम्म यही असोज १७ गतेदेखि भारतीय नम्बर प्लेटका सरकारी तथा निजी क्षेत्रका मालबाहक तथा यात्रुबाहक गाडीहरुलाई नेपाल प्रवेशमा रोक लगाउने ।
६. असोज १९ गतेदेखि कार्तिक १ गतेसम्म घरदैलो अभियान, साँस्कृतिक अभियान सञ्चालन गर्ने र उम्मेदवारहरुको घर–घरमा उम्मेदवारी फिर्ताको लागि पत्राचार गर्ने ।
७.
देशभक्त तथा राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीहरुलाई ४ दलको राष्ट्रघाती कदममा साथ नदिन अपिल गर्ने ।
८. कार्तिक २ गतेदेखि राष्ट्रघाती विदेशी दलाल उम्मेदवारहरुलाई जिल्ला तथा गाउँ प्रवेशमा रोक लगाउने । दलाल उम्मेदवारहरुको घर अगाडि कालो झण्डा गाड्ने । दलाल उम्मेदवारहरुका विरुद्ध सामाजिक बहिष्कार अभियान सञ्चालन गर्ने ।
९. ४ दलका राष्ट्रघाती शिर्ष नेताहरु जहाँ–जहाँ पुग्छन् उक्त दिन उक्त जिल्ला बन्द गर्ने ।
१०. प्रत्येक बुथ–बुथमा युवाहरुको बहिष्कार टोली गठन गरी बहिष्कार कार्यक्रमलाई प्रभावकारी बनाउने ।
११. कार्तिक २५ गतेदेखि मङ्सिर ५ गतेसम्म १० दिन देशव्यापी आम हडताल र नेपाल बन्द गरी मंसिर ४ को निर्वाचनलाई सक्रिय रुपले बहिष्कार गर्ने ।
१२. यथास्थितिको निर्वाचनको बहिष्कारको पक्षमा जुनुकै समूह वा घटकहरुले आन्दोलनका कार्यक्रमहरु सञ्चालन गरेपनि त्यसलाई समर्थन गर्ने ।मिति ः २०७० असोज १०
देव गुरुङ
३३ दलीय राजनीतिक मोर्चा

– See more at: http://www.nagariknews.com/main-story/story/7899#sthash.aUZhW2Cp.dpuf

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us