राजस्व असुलीमा १ सय १८ प्रतिशतले वृद्धि

काठमाण्डु टुडे २०७० असोज ८ गते १२:०० मा प्रकाशित

काठमाण्डु, ८ असोज– आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७०÷०७१ भाद्र महिनासम्मको राजस्व असुली गत वर्षको सोही अवधिको तुलनामा १ सय १८ प्रतिशतले बढेको जनाएको छ ।

rajaswaआ.व. २०७०÷०७१ को भाद्र महिनासम्मको लक्ष्य रु.१५ अर्व ९७ करोड २९ लाख रहेकोमा रु.१६ अर्व २७ करोड ७० लाख असुली भई लक्ष्यको तुलनामा १०२ प्रतिशतको प्रगति भएको छ । शिर्षकगत रुपमा हेर्दा आयकर रु.६ अर्व ५३ करोड ४८ लाख, मूल्य अभिवृद्धि कर रु.५ अर्व ९९ करोड ४३ लाख र अन्तःशुल्क रु.३ अर्व ५४ करोड ९० लाख असुली भएको छ । सो रकम निर्धारित लक्ष्यको तुलनामा क्रमशः १०९ प्रतिशत, ९५ प्रतिशत र १०१ प्रतिशत हो । त्यसैगरी वहालकर, व्याजकर, शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः रु.३४ करोड ७८ लाख रु.१ अर्व १९ करोड ९६ लाख, रु.७ करोड ६८लाख र रु.१२ करोड २१ लाख असुली भएको छ ।
काठमाण्डु, उपत्यका भित्रका ठूला करदाता कार्यालय लगायत आन्तरिक राजस्व कार्यालयहरु तथा करदाता सेवा कार्यालयहरुका प्रमुख कर प्रशासक तथा प्रमुख कर अधिकृतहरुको उपस्थिति रहेको सो मासिक समीक्षा वैठकमा महानिर्देशक टंकमणि शर्माले भाद्रसम्मको लक्ष्य पूरा भएकोमा खुसी व्यक्त गर्दै आश्विनको राजस्व असुली पूरा गर्न आवश्यक कार्ययोजना बनाएर काम गर्न निर्देशन थिए ।

शर्माले आर्थिक अध्यादेश २०७० ले प्रदान गरेका छुट सुविधाहरुको आम करदाताहरुलाई जानकारी गराई तोकिएको अवधीभित्र कर सहभागिता जनाउने वातावरण वनाउनसमेत निर्देशन दिए । त्यसका लागि स्थानीय स्तरमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्न उनले अह्याए । चाडपर्व सुरु भएकाले बजारमा आर्थिक क्रियाकलापमा बृद्धिहुने सन्दर्भमा विल विजक जारी गराउने गरी बजार अनुगमन गर्न समेत उनले निर्देशन दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us