एप्पलले बेच्यो ३६ घण्टामा ९० लाख फोन

काठमाण्डु टुडे २०७० असोज ८ गते ६:५४ मा प्रकाशित

काठमाण्डु । एप्पलले आफ्ना सबै पुराना रेकर्ड तोढ्दै ३६ घण्टा भित्र ९० लाख फोन बेचेको छ । कम्पनिका दुई नयाँ आइफोन ५ एस र ५ सी अत्यधीक विक्री भएका हुन् ।
एप्पलका अनुसार आइफोन ५ एसको माग उसको उपलब्धता भन्दा धेरै छ । माग अत्यधिक बढेपछि शेयर बजारमा पनि ६ प्रतिशतले कारोबार बढेको छ ।

आइफोन ५ एसको मुख्य बटनमा फिङ्गर प्रीन्टको सेन्सर छ । जबकी ५ सीमा आफूलाई मन पर्ने रंग अनुसार पछाडीको कभर परिवर्तन गर्न सकिन्छ ।

कम्पनिका मुख्य कार्यकारी अधिकारी टिम कुकले भनेका छन्, ‘नयाँ आइफोनको बजारमा माग धेरै राम्रो छ । आइफोन ५ एसको बढ्दो माग अनुसार बजारमा पुर्याउने प्रयास जारी छ ।’

बजार विश्लेषकका अनुसार एप्पलको विक्री निकै राम्रो छ तर यसलाई अझै बलियो बनाउन कडा मेहनत गर्नुपर्ने देखिन्छ ।iphone_5s

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us